Logo
१३ बैशाख २०८१, बिहीबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोल-बोल सांसद बोल, बेथितीको जालो खोल ! ( भिडियो सहित)

KC News
काठमाण्डौ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डा गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन आज काठमाडौंको माइतिद्धरमा सर्वसाधारणहरु सडकमा उत्रिएका छन् । १४ दिनदेखि अनसनरत् केसीको माग सम्बोधनमा सरकारी प्रयास असफल भइरहेका बेला सर्वसाधारणले स्वस्फर्तरुपमा दबाबमुलक कार्यक्रम गरेका हुन् । विभिन्न संघ संस्था, चिकित्सक तथा विद्यार्थीको अगुवाईमा माइतीघरमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन् ।

उपस्थितहरू भन्छन् ‘सबै कुरा प्रष्ट छन्, अख्तियारमै भ्रष्ट छन्’,

‘केसीको अनसन, माफियालाई टेन्सन’,

‘१, २, ३, ४, बन्द गर भ्रष्टाचार’, –

तिन करोड नेपालीको स्वास्थ्यमा खेलवाड किन ?

– बोल बोल सांसद बोल, बेथिती को जालो खोल

– माफियाको मिसन, सिटामोलमा पनि कमिसन !

– डाक्टर के.सी.को अनसन, मेडिकल माफियालाई टेन्सन !

– हाम्रो स्वास्थ्य हाम्रै हातमा,  हामी डा. के.सी. को साथमा !

चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी अनसनमा बसेका छन् ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्