Logo
१३ बैशाख २०८१, बिहीबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई अमरेशले ‘मानसिक रोगी’ भनेपछि हंगामासगै उनको भनाइ रेकर्डबाट हटाइयो

Amresh-Kumar-Singh-650x330

काठमाडौं । नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि संसद बैठकमा केहीबेर हंगामा नै भएको छ ।

सिंहले रोष्टमबाटै यो कुरा मैलेमात्र होइन, डाक्टरहरुले समेत प्रमाणित गरेका छन् भनेपछि एमालेका सांसदहरु झनै आक्रामक भए । सांसद पुरुषोत्तम पौडेलले कुन डाक्टरले प्रमाणित गरेका हुन् त्यो पेश गर्न चुनौति दिए ।

एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै उनको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएपछि एमाले सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर आपत्ति जनाएका थिए । कानुनविद समेत रहेका सांसद पोखरेलले संसदको कार्य सम्पादन नियमावलीको नियम ३९ अनुसार अमर्यादित शब्द बोल्न नपाइने भन्दै सिंहको आरोप पुष्टि गर्न वा उनको भनाइ रेकर्डबाट हटाउनुपर्ने बताएका थिए ।

एमाले सांसदहरुलाई सभामुख ओनसरी घर्तीले बस्न आग्रह गर्दा पनि सिंहलाई बोल्न नदिई सिंहले माफी माग्नुपर्ने माग गरे । लगत्तै सभामुखले महासचिवसँग सल्लाह गरेर सिंहको भनाइ रेकर्डबाट हटाउन निर्देशन दिइन् । उनले सांसदहरुलाई मर्यादित भएर बोल्न रुलिङ समेत गरेकी थिइन ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्