Logo
१२ श्रावण २०८१, शनिबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेवको भनाई: हो प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएकै थियो !

Bamdev-Gautam

काठमाडौं ८ साउन । नेपका एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदको रोष्टममै उभिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको पुष्टि गरेका छन् । भद्र सहमति आफूले नै गरेको बताउँदै गौतमले प्रचण्ड अधैर्य हुँदा गठबन्धन टुटेको गुनासो गरे ।

एमालेकै वरिष्ठ नेता माधव नेपालले ओलीप्रति कटाक्ष गरेकाले वामदेवको भनाइ सुन्न कांग्रेस र माओवादीका प्रभावशाली नेताहरु अबेरसम्म संसद बैठकमा बसेका थिए । गौतमले प्रचण्ड र आफ्नो युद्धकालीन सम्बन्धका पाटाहरु समेत खुलासा गर्दै आजसम्म आफूले प्रचण्डलाई धोका नदिएको र उपयोग पनि नगरेको बताए ।

शनिबार संसदमा अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै गौतमले भने- म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख हो भने, त्यसको निम्ति त मैले सहमति गरेकै थिएँ । सिग्नेचरमात्रै भएको थिएन । मैले गरेका सहमतिहरु मेरो तर्फबाट सधैंभरि लागु भएका छन्, ढिलो वा चाँडो यो पनि लागुहुन्थ्यो ।’

आफूले युद्धकालमा धेरै माओवादीहरुको ज्यान बचाएको गौतमले स्मरण गर्दे गौतमले आफैं संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो भने माओवादीले चलाएका ८ मन्त्रालयबाट भएका काम पनि गलत थिए भन्ने पुष्टि हुने गौतमले बताए । ‘गृह, आपूर्ति, कृषि, शिक्षा जस्ता ८ मन्त्रालय चाहिँ सरकार होइनन् ? होइन भने के नैतिकताले सरकारविरुद्ध अविश्वास प्रस्ताब ल्याउनुभयो ?’ गौतमले संसदबाट माओवादीलाई प्रश्न गरे- ‘सरकारको काम गलत हो भने तपाईहरु कसरी सही हुनुहुन्छ ?’

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्