जर्मनी आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु ८ को पुष्टि तर नेपाली कति सुरक्षित ?
काठमाण्डौ । जर्मनीको म्यूनिख शहरमा रहेको एक व्यापारिक केन्द्रमा भएको आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु र सयौं घाइते भएका छन् । तर स्थानिय प्रसाशनले भने ८ जना मृत्यूको खबरलाई पुष्टि गरेका छन । करिब १३ घण्टा आतकित बनेको जनजीवन अब सहज भएको स्थानिय प्रशासनले दावी गरेका छन ।
बन्धुक्धारीहरुको आक्रमण पश्चात अत्यालियेका व्यापारीहरु सुरक्षाका लागि भागदौड गरेका थिए । प्रहरी प्रवक्ताका अनुसार यो हमला आतंककारीबाट भएको हो भने हमलामा नेपालीहरु परेको भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।
अन्तर्रास्ट्रिय कलाकार मंच युरोप शाखाका अध्यक्ष दयाराम पौडेलले शुक्रबार साँझ भएको बन्दुकधारीको आक्रमणमा कोहि नेपाली नपरेको जानकारी दिए । सुरक्षा निकायले आतंककारीको खोजीका लागि राजमार्गहरु बन्द गरेको थियो तर अहिले खोलिएको छ ।
सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीहरुले स्थानीय नागरिकहरुलाई घरबाट बाहिर ननिकाल्न गरेको आह्वानलाई पनि रद्द गरेको छ ।जर्मनको प्रसिद्द पत्रिका आइ जेट अनुसार मारिनेहरुमा नवौं व्यक्ति पनि फेला परेको छ । ति व्यक्ति तिनै हमलामध्ये एक भएको पत्रिकाले जनाएको छ ।