Logo
१४ असार २०७९, मंगलबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरार रहेका बलात्कारी खोज्दै बलात्कृत महिला राजधानीमा

Rape

काठमाडौं ८ साउन। आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आएकी छन् । पीडकहरुले पैसा र पावरको पटकपटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् ।
तामाङ पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटको बिदुर नगरपालिकामा एउटा होटल सञ्चालन गरेर बसेकी थिइन् । घटना चार दिन अगाडिको हो । दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर आएकी उनी थकित थिइन् । उनी मासु पकाइरहेकी थिइन् ।

होटलको कोठामा पकाएर खाने भएकाले उनी सटर आधा खोलेर मासु पकाउँदै थिइन् । यत्तिकैमा कति मिठो बासना आएकेा भन्दै तीन रक्सीले मातिएका व्यक्ति पसलमा छिरे । उनले पसल आज नखोलेको बताए पनि उनीहरु जान मानेन् । केही बेर रक्सी खाएपछि उनीहरुले आज यही बस्ने बताए ।

तामाङले आफ्नोमा बस्ने व्यवस्था नभएको बताएपनि उनीहरुले उनलाई जबरजस्ती गरे । उनले ती व्यक्तिलाई कोठा देखाउन जाँदै गर्दा समातेर लछारपछार पार्दै तीन जनाले रातको १२ बजेसम्म सामूहिक बलातकार गरिरहे । उनले रोइकराई गर्दा उनीहरुले हल्ला गरे मारिदिने भन्दै उनलाई धम्काएको तामाङले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

बल्लतल्ल बलात्कारीको चंगुलबाट उम्किएर उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले रातको १२ बजेसम्म पसल खोल्ने भन्दै उल्टै गाली गरे । उनको बेदना सुनेर अन्तमा उनीहरुले उजुरी भने दर्ता गरेको तमाङले बताइन् । आफूलाई पीडा दिनेहरु काठमाडौंमा रहेको थाहा पाएपछि उनी राजधानी आएकी छिन् । पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपाल आइपुगेकी हुन् ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्