Logo
६ बैशाख २०८१, बिहीबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीविरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदै

Parliament

काठमाडौं ८ साउन । यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदैछ । बैठक विहान ११ बजे बोलाइएको छ ।

अविश्वासको प्रस्तावमा छलफल सकिएसँगै प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ । शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले माओवादीले उपयोग मात्र गरेकाले समर्थन फिर्ता लिनुको परेको दाबी गरेका छन् ।

यदि कुनै ठूलै उपलपुथल भएन भने संसदले ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पास गर्ने पक्का छ । कांग्रेस नेता निधिले दाबी गरे अनुसार प्रस्तावको पक्षमा ३४१ मत पुगिसकेको छ ।

कांग्रेसका २०६ सांसद छन् भने माओवादीका ८२ छन् । मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा मत दिने बताएको छ । नेकपा संयुक्तसहितका साना दलहरुले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्ने प्रस्तुतकर्ता दलहरुको दाबी छ ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्