Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया जेल चलान

jel news

काठमण्डौ । धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया तामाङलाई जिल्ला अदालत ललितपुरले बिहीबार पूर्पक्षका लागि जेल चलान गरेको छ ।

तामाङले शङ्खमुलस्थित हरिबहादुर तामाङले सञ्चालन गर्दै आएको जेरुसेलम एन्टिवन चर्चमा बालबालिकालाई राखेर मानव ओसारपसार तथा जबर्जस्ती धर्म परिवर्तन गराउँदै आएको सूचनाको आधारमा प्रहरीले असार १० गते रङ्गेहात पक्राउ गरिएको जनाएको छ ।

धनकुटा जिल्ला धनकुटा नगरपालिका–४ बस्ने तामाङले विगत पाँच वर्षदेखि सम्बधित निकायबाट संस्था नवीकरण नगराइ आफ्नै घर कोठाबाट अवैध रुपमा माया अनाथ आश्रम सञ्चालन गर्दै आएको भेटिएको महानरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।

 प्रहरी र जिल्ला बालकल्याण समिति समेतको संयुक्त टोलीले उक्त चर्चवाट १४ जना बालबालिकालाई उद्धार गरिएको प्रहरीले बताएको छ । उक्त कार्यमा संलग्न तामाङद्वयलाई मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्दा अन्तर्गत अदालतले चिनिमायालाई जेल चलान गरिएको जनाएको छ । चर्चका सञ्चालक हरिबहादुर तामाङलाई नगद रु पचास हजार धरौटी माग गरिएको बताइएको छ ।

प्रकाशित मिति: Jul 22, 2016

प्रतिक्रिया दिनुहोस्