Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालको माध्यमबाट रौतहटका अपाङ्ग बालकलाई सहयोग

rautahat
रौतहट । सामाजिक सञ्जालको माध्यमबाट रौतहटका एक अपाङ्ग बालकलाई विवेकशील नेपाली दलमा आबद्ध धिरज पुडासैनी नेपालीले कतारबाट ह्वीलचेयर सहयोग गरेका छन् ।

रौतहटको अकोलवा–७ बलुवा टोलका शेख नेसारका १० वर्षीय छोरा शेख अशदार अलीलाई सामाजिक अभियन्ता सरोज रायको संयोजनमा सो ह्वीलचेयर सहयोग प्राप्त भएको छ ।

अभियन्ता रायले केही अगाडि रौतहट भ्रमणका बेला अपाङ्ग बालक अशदार अलीसँग भेटेका थिए । रायले ‘नेपाल आमाको सन्तानहरुबीच सौतेला व्यवहार किन’ भनेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि कतारमा कार्यरत् रहेका धिरज पुडासैनी नेपालीले सहयोग रकम उपलब्ध गराएको रायले जनाएका छन् ।

अगाडी पछाडी दुई वटा ब्रेक भएको, गाउँको बाटोमा सजिलै सित गुड्न ट्युब रहित टायर भएको, खिया नलाग्ने अल्मुनियम फ्रेम भएको र एक सालको वारेन्टीको साथ खरिद गरिएको उक्त ह्वीलचेयर विवेकशील नेपाली दलले अभियन्ता रायलाई जिम्मा लगाएको थियो ।

उक्त सहयोग रौतहटको स्थानीय पत्रकार अभिमन्यु पटेलको मद्दतबाट अपाङ्ग बालक शेख अशदारको गाउँ नै पुगेर हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: Jul 22, 2016

प्रतिक्रिया दिनुहोस्