Logo
११ बैशाख २०८१, मंगलबार
(July 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातारको वर्षासँगै परासी बजारमा बाढी

Nawalparasi Badhi News

नवलपरासी । लगातारको वर्षासँगै झरही खोलामा आएको बाढीले नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । झहरी खेलाले आफ्नो नियमित बहाव छोडेर रामग्रम–२ बाट बस्तीमा पसेकाले परासी बजार डुबानमा परेको हो । परासी बजारको मुख्य क्षेत्र बुद्धचोकमा तीन फिट भन्दा बढी पानी जमेको स्थानिय बुनबुन चौधरीले बताए ।

बजारका घरमा पानी पसेकाले स्थानीय बासिन्दा घरको छतमा बसेका छन् । परासी बजारको उत्तरपट्टीबाट पसेको झरही खोलाको पानीले सर्वसाधारण नागरिकका घरका साथै सरकारी कार्यालय समेत डुबानमा परेको छ । यस्तै नवलपरासीका सुनवल र बर्दघाट क्षेत्रका गाउँ समेत डुबानमा परेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले बताए ।

परासी क्षेत्रको पुर्ब पश्चिम खोलामा पानीको सतह बढेका कारण उत्त क्षेत्र डुबानमा परेको हो । उद्धारका लागी सशस्त्र प्रहरी र नेपाली सेना परीचालन गरीएको पन्थले जानकारी दिए । उनले स्थानीयलाई सुरक्षित स्थानमा बस्न अपिल गरिएको छ ।

बिहीबार राति ११ बजेदेखिको वर्षा तथा राति २ बजेदेखि खोलामा बढेको पानीले डुबान बढेको भएको हो । मानवीय क्षति नभएको र उद्धार कार्यका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले बताए । पानी परीरहेकाले उद्धारमा कठिनाइ भएको पन्थले जनाए ।

त्यसैगरी नारायणी नदीमा पानीको वहाव ह्वात्तै बढेको छ । नदी वढ्दो क्रममा भएकाले नदि आसपासमा वाढीको जोखीम वढेको छ ।नवलपरासीको बेनिमणिपुर गाविसको वडा नम्बर ३ मा रहेको १५ घर डुवानमा परेको छ । राति परेको अविरल वर्षाका काराण दुम्कीबास स्थीत विनइ खोलामा आएको बाढिका कारण घरहरु डुवानमा परेको स्थानिय चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 22, 2016

प्रतिक्रिया दिनुहोस्