Logo
१० आश्विन २०७९, सोमबार
(July 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल स्टार मेस्सी लाई भेट्न समुद्रमा १ किलोमिटरसम्म पौडिएर पुगे फ्यान !

Messi_s_yacht_एजेन्सी । अर्जेन्टिना र बार्सिलोनाका स्टार लियोनेल मेस्सी भनेपछि हुरुक्क नहुने फुटबल फ्यान कमै होलान् । बार्सिलोना मात्र होइन, विपक्षी टोलीका फ्यानहरु समेत मेस्सीको सम्मान गर्छन् ।

यसको उदाहरण हालै मात्र देख्न पाइएको छ । स्पेनिस लिगमा बार्सिलोनाको प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडका एक फ्यान मेस्सीसँग भेट्नका लागि समुद्रमा १ किलोटिरसम्म पौडिएको समाचार आएको छ ।

बार्सिलोनाका स्टार यतिबेला इबिजामा छुट्टी मनाइरहेका छन् । छुट्टीकै क्रममा उनी त्यहाँको समुद्रको बीचमा एक याचमा बसिरहेका थिए ।

यो कुरा सुली नाम गरेका एक एथ्लेटिकोका फ्यानले थाहा पाए । सेउटा सहरका बासिन्दा २४ वर्षीय सुलीले त्यसपछि त्यहाँबाट एक किलोमिटरसम्म पौडेर मेस्सीको डुंगासम्म पुगे । मेस्सीलाई भेट्न समुद्रमा हाम फाल्नअघि उनीसँग उनको साथी पनि थिए तर, उनी भने जान मानेनन् ।

त्यसपछि मोबाइललाई प्लास्टिकमा बेरेर गोजीमा हाले अनि समुद्रमा एक्लै हाम फाले । एक किलोमिटर पौडेपछि उनी मेस्सी भएको ठाउँमा पुगे ।

यसरी अचानक कोही व्यक्ति उनको डुंगा नजिकै पुग्दा मेस्सी पनि छक्क परे । तर, उनले ती फ्यानको स्वागत गरे । उनलाई जुस अफर गरे र २० मिनेटसम्म भलाकुसारी गरे । त्यसपछि उनलाई अर्को स्पिड बोटमा किनारसम्म सुरक्षित छाड्ने प्रबन्ध गरे । स्पेनिस डेली मुन्डोसँग कुरा गर्दै सुलीले मेस्सीसँग फोटो खिच्न खोज्दा आफ्नो मोबाइल पानीले भिजेर बिग्रेको र मेस्सीले डुंगाका कर्मचारीलाई फोटो खिच्न लगाएर पछि फोटो पठाइदिएको किस्सा समेत सुनाए ।

Messy mage

प्रकाशित मिति: Jul 20, 2016

प्रतिक्रिया दिनुहोस्