Logo
१२ बैशाख २०८१, बुधबार
(July 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद चलिरहेकोले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनुपर्ने दाबी

Yogesh_Bhattari-650x420काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने दाबी गरेका छन् ।

उनले संसदीय व्यवस्थामा बहुमत पु¥याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे । साक्षात्कारमा भट्टराईले नियमित संसद चलिरहेकोले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनुपर्ने दाबी गरे ।

उनले थपे,‘नियमित संसद चलिरहेको वेला नियमित एजेण्डालाई नै अगाडि बढाउनुपर्छ, यो विषय नटुंग्याएसम्म अर्को विषयमा जानै सकिँदैन् ।’

उनले विधेयक पारित गर्ने गाडी क्युमा भएकाले अर्को गाडी अघि बढाए समस्या उत्पन्न हुने भन्दै व्यंग्य गरे । उनले थपे,‘विधेयक टुँगो लागिसकेपछि, हामी अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार छौं, एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निर्वाह गर्छ ।’ उनले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने स्पष्ट पारे ।
भट्टराईले सभामुख पद संवैधानिक भएको उल्लेख गर्दै भने,‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ, राजनीतिक दलहरुवीच उत्पन्न द्धन्द्धलाई सहज बनाउने भूमिका खेल्नुपर्छ, व्यवस्थापकिय संसदलाई दलहरुवीचको द्धन्द्धको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस् ।’ यद्धपी उनले सभामुखले मंगलबारबाट सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन् ।’  भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे । उनले थपे,‘सरकार परिवर्तनको जुन खेल भैरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन् ।’ मुलुकमा यतिवेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकत्ता रहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति: Jul 20, 2016

प्रतिक्रिया दिनुहोस्