Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमति जुटाउन सभामुखको दौडधूप तर हात लाग्यो सुन्य, बिहिबार पनि संसद स्थगित ! 

Onsari-gharti

काठमाडौँ । साउन, ४ । सभामुख ओनसरी घर्तीले बिविध प्रयास गरे सहमती जुटाउने प्रयास गरे पनि हात लाग्यो सुन्य झै कुनै उपलब्धी हुन सकेको छैन । श्रोतले भन्यो भोली भनिएको पक्रिया पनि स्थगित हुने भएको छ । भोली पक्रियामा जादैन, सुचना टागेर ब्यवस्थापिका संसदको बैठक स्थगित हुने छ’ श्रोतको दावी रहेको छ ।

घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आज दिउँसो शीतलनिवासमा भेटेकी छन् । भेटको क्रममा संसद्को गतिविधिका बारेमा घर्तीले राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।  राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो ।भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिइन् ।

घर्तीले आफूले दलहरुलाई भेटेर सहमति जुटाउन आग्रह गरेको र दलहरुले पनि सहमति जुटाउने आस्वासन दिएकाले भोलिसम्मा सहमति हुने विस्वास व्यक्त गरिन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गरेकी थिइन् । दलबीचमा चुलिएको अविश्वासको वातावरणलाई सहमतिका आधारमा अन्त्य गर्न सभामुख घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । आज बिहानैदेखि परामर्शलाई तीब्रता दिएकी घर्तीले सहमति जुटाउन दलहरुसँग आग्रह गरेकी छन् ।

यस क्रममा उनले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निवास पुगी ती दुवै अध्यक्षलाई सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गरिन्  । नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको छ । सो अविश्वासको प्रस्तावमा माथि भोलि सदनमा छलफल हुँदैछ ।

दलका बीचमा अविश्वासको प्रस्तावमाथि पहिलो छलफल गर्ने की विनियोजन विधेयक माथि पहिलो छलफल गर्ने विषयमा विवाद चुलिएको छ । सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले दिएको जानकारी अनुसार ती दुवै भेटमा सभामुख घर्तीले दुवै शीर्ष नेतालाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गरेकी थिइन् । नेकपा एमालेले विनियोजन विधेयक माथि छलफल भएपछि मात्र अन्य विषयले सदनमा प्रवेश गराउनुपर्ने माग गरेको छ भने काँग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव टुङ्गो लगाएपछि मात्र अरु विषयले प्रवेश पाउनुपर्छ भन्ने माग राख्दै आएको छ ।

कार्यसूचीका विषयमा दलीय सहमति बनाउन पनि सभामुख घर्तीले शीर्ष नेतृत्वलाई ध्यानार्षण गराउँदै सहमति नभएमा यसअघि सूचित कार्यसूचीलाई नै अघि बढाउन आफू बाध्य हुने जानकारी उनीहरुलाई जानकारी गराएकी थिइन् । सो अवसरमा नेकाका सभापति देउवाले सहमतिका लागि प्रयास भइराखेको सभामुख घर्तीलाई जानकारी दिँदै भोलिसम्ममा निकास निस्कने बताए । यसैगरी अध्यक्ष दाहालले पनि दलका बीचमा देखिएका भनिएको अविश्वासलाई विश्वासमा रुपान्तरण गर्न प्रयास भइराखेको बताए ।

प्रकाशित मिति: Jul 20, 2016

प्रतिक्रिया दिनुहोस्