Logo
११ बैशाख २०८१, मंगलबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार र थापावीच छलफल : ओलीलाई छोड्ने तयारीमा गच्छदार ! 

Vijay Gachhdar

काठमाडौं, साउन ४ । एक उपप्रधानमन्त्रीको समुहले छाडे पछि अर्का २ उपप्रधानमन्त्रीको समुहले पनि प्रधानमन्त्री के पी ओलीलाई छोड्न लागेको खबर छ । उपप्रधानमन्त्रीद्धय विजयकुमार गच्छदार र कमल थापावीच सरकारबाट फिर्ता हुने वा नहुनेबारे छलफल गरेका छन् ।

मंगलबार थापा निवास विशालनगरमा भएको छलफलमा फोरम लोकतान्त्रिकका समेत अध्यक्ष रहेका उपप्रधानमन्त्री गच्छदारले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

जवाफमा राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले तत्काल आफू ओली नेतृत्वको गठबन्धन छाड्ने पक्षमा नरहेकोबारे प्रस्ट पारेका थिए । उनीहरुवीच झण्डै एक घण्टा छलफल भएको स्रोतले जनायो ।

यो विचमा गच्छदारले प्रचण्डलाई पाँच पटक भेटिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गच्छदारलाई आफ्नो गठबन्धनमा ल्याउने तयारी गरेका छन् ।

संविधान जारी गर्नुपुर्व प्रमुख राजनीतिक दलहरुवीच भएको १६ बुँदे सम्झौताका योजनाकार गच्छदार संविधान कार्यान्व्यनका लागि समेत दुवै पक्षका लागि महत्वपूर्ण सदस्य मानिन्छन् ।

प्रधानमन्त्री केपीओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनी विस्तारै ओलीको साथ छोड्ने तयारीमा लागेका छन् । नयाँ गठबन्धनका नेता शेर बहादुर देउवा र प्रचण्डसँग समेत उठबसमा छन् उनी ।

आजै उनले प्रचण्ड र देउवालाई छुटछुट्टै भेट्दै छन् । यस अघि माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री बनेका टोपबहादुर रायमाझीको नेतृत्वमा रहेका मन्त्रीहरुले ओली सरकारलाई छाडिसकेका हुन् ।

प्रकाशित मिति: Jul 19, 2016

प्रतिक्रिया दिनुहोस्