Logo
८ बैशाख २०८१, शनिबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्ली पुगेर फर्केका मात्रिका यादवबारे अर्के चर्चा !

maxresdefault

काठमाडौं, साउन ४ । छोराको विवाह तयारीसगै ब्यक्तिगत कामले भन्दै भारतको राजधानी दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादव मगलवार स्वदेश फर्केका छन ।

तर राजनीतिक बृतमा भने उनी राजनीतिक उद्देश्यले सुटुक्क दिल्ली पुगेर आएको चर्चा चल्न थालिएको छ । नयाँ सरकार गठनको प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादव सुटुक्क दिल्ली पुगेर फर्किएका हुन ।  ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका माओवादी अध्यक्ष प्रचण्डले पार्टीका नेता यादवलाई विशेष दूतका रुपमा दिल्ली पठाएको र उनले भारतीय नेताहरुलाई भेटेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

दिल्ली भ्रमणका क्रममा यादवले भारतमा कांग्रेस नेता करण सिंह जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय कांग्रेसका नेता डीपी त्रिपाठीलाई भेटेका थिए ।

प्रकाशित मिति: Jul 19, 2016

प्रतिक्रिया दिनुहोस्