Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले आफ्नै निवासमा सभामुखलाई बोलाएर यसरी थर्काए !

OLI with Gharti

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई आफ्नै निवासमा बोलाएर संसदमा मतदान नै नभई सरकार कसरी अल्पमतमा पर्‍यो भन्ने थर्काएझै  प्रश्न गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे बोलाइएकी सभामुख ओनसरीलाई प्रधानमन्त्री ओलीले वर्षमान पुनको सल्लाहमा होइन, संसदको नियमावली र यसअघिका प्रचलित मान्यताअनुरुप संसदको कारवाही अघि बढाउन सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएर अविश्वास वा राजिनामाको विकल्प रोज्न चुनौति दिएको भोलिपल्टै ओलीले सभामुखलाई बोलाएका हुन् ।

‘हिजो अस्ति वर्षमानजीले अब हामी एमालेका चंगुलबाट मुक्त भयौं भन्नुभएछ, त्यसो हो भने म पनि अब सबैखाले चंगुलबाट मुक्त भएको छु, जे पर्छ व्यहोर्ने गरी जाउँ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीले सभामुखलाई बोलाएर छलफल गर्नुअघि नै एमाले स्थायी कमिटी बैठकका लागि पार्टी नेताहरु बालुवाटार पुगिसकेका थिए । सभामुखसँगको छलफल लम्बिएका कारण बैठक शुरु हुन ढिला भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले सभामुखलाई प्रधानमन्त्री ओलीले सभामुखको मर्यादा, निष्पक्षता र गरिमा कायम राख्न राम्रोसँग सुझाव दिएको बताए । ‘तपाई माओवादी केन्द्रको नेता होइन सभामुख हुनुहुन्छ, तपाईले आफ्नो भूमिका र मर्यादा कायम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ’ ओलीको भनाइ उधृत गर्दै श्रेष्ठले भने ।

सभामुख घर्तीले ओलीलाई ‘तपाई मेरो अभिभावक र राजनीतिक गुरु समान हो, म सकेसम्म सबैको सहमतिमै चल्न चाहान्छु भनेर जवाफ दिएको स्रोतले बतायो ।

सभामुख घर्तीले आजै प्रमुख दलका शीर्ष नेतासँग अविश्वास प्रस्तावमाथिको छलफल र आर्थिक विधेयकका सन्दर्भमा सहमतिको प्रयास गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 19, 2016

प्रतिक्रिया दिनुहोस्