Logo
८ बैशाख २०८१, शनिबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी सरुवामा सरकारको अब नयाँ नीति

ministry_ofa

काठमाडौँ । सरकारले कर्मचारी सरुवाको नयाँ नीति बनाएको छ । मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार बसेको सचिवहरुको बैठकले कर्मचारी सरुवाका लागि नयाँ नीति बनाएको हो ।

एउटै आर्थिक वर्षमा कर्मचारीको पटकपटक सरुवा हुँदा कार्यसम्पादनमा समेत नकारात्मक असर पर्ने र नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयन प्रभावित हुने निश्कर्ष निकाल्दै नयाँ सरुवा नीति बनाइएको हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी त्यो आर्थिक वर्षभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।

कर्मचारीसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालय/निकायमा खटाउने र त्यसरी खटाइएका कर्मचारीलाई सो आवभर सरुवा नगर्ने व्यवस्था मिलाइने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । #फाइल तस्बिर

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्