Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस गुड्दै गरेको अवस्थामा माैवा पृथ्वी राजमार्गमा पहिरो !

Truck Ma Noksan
चितवन । पृथ्वी राजमार्गको मौवा खोलामा सोमबार बिहान पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ । चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क्षति पुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्रकहरु सोही ठाउँ रोकेर बसी रहेका थिए भने बस गुड्दै गरेको अवस्थामा पहिरोमा परेको थियो । पहिरोले गाडीहरुमा क्षति पुगे पनि यातायात आवागमनमा भने समस्या नपुर्याएको इलाका प्रहरी कार्यालय मुग्लिनको भनाइ छ ।

घटनास्थल मुग्लिन बजारदेखि १७ किलो मिटर पूर्व धादिङतर्फ दोरेचोक–९ मा पर्छ । पहिरोमा परेर ना ५ ख ४११३ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ । सो ट्रकका चालक नवलपरासी मध्यविन्दु नगरपालिका–४ घर भएका २४ वर्षीय मोहन चौधरी घाइते भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै लु १ ख ८६१४ नम्बरको ट्रक र ना ४ ख ९०९१ नम्बरको तरकारी बोक्ने मिनी ट्रकपनि पहिरोमा आएको ढुंगाले लागेर क्षतिग्रस्त भएका छन् । पहिरोले ना ५ ख ४८४५ नम्बरको यात्रु बसमा पनि सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । #फोटो सौजन्य: मौवाखोलाका स्थानीय सन्तोष पौडेल ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्