Logo
६ बैशाख २०८१, बिहीबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनको ९ दिनपछि केसिलाई भेट्न संसदीय समिति टिचिङमा

MP

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनसन बसेको ९ दिनपछि वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न व्यवस्थापिका संसदको मानवअधिकार तथा सामाजिक समिति सोमबार टिचिङ पुगेका छन् ।

टोलीमा समिति सभापतिसहित ८ जना सांसद थिए । टोली अनसन पुग्दा डा. केसीका समर्थकले ९ दिन पुगिसक्दा पनि संसद किन मौन भन्दै नारा लगाएका थिए।

केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको र उनको जीवनरक्षाका लागि चौतर्फी दबाब बढेपछि समिति केसीलाई भेट्न पुगेको हो । समिति सभापति सुशील श्रेष्ठको नेतृत्वमा विहान ११ बजे टोली अनसनस्थल पुगेको थियो ।

अनसनरत् केसीलाई अहिले अक्सिजनको सहारामा राखिएको छ। सांसदहरूले उनको स्वास्थ्यस्थितिलाई ख्याल गरेर आफूहरूले कदम चाल्ने आश्वासन दिएका थिए ।

सांसदलाई केसीका मागबारे सहयोगीले जानकारी दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग र चिकित्सा क्षेत्र सुधार, विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग राख्दै केसी अनसनमा बसेका हुन्।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्