Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्ताव पारित भए पनि प्रधानमन्त्री पदमुक्त नहुने उपप्रधानमन्त्रीको दाबी

Bhim-Rawal-1

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भए पनि संविधानले नयाँ सरकार गठनको परिकल्पना नगरेकाले प्रधानमन्त्री पदमुक्त नहुने दाबी गरेका छन् । रावलले संविधानले संक्रमणकालमा सरकार परिवर्तनको कल्पना नगरेको दाबी गर्दै अविश्वासको प्रस्ताव पारित भएपनि प्रधानमन्त्री ओली संघीय संसद्को निर्वाचन नभएसम्म पद्मा बहाल रहने बताए ।

उनले नेकपा एमालेको नेतृत्वको सरकारले निर्वाचन गराउने प्रमुख तीन दलको सहमति अनुरुप नै संविधानमा संक्रमणकालका लागि एउटा मात्र सरकारको कल्पना गरिएको दाबी गरे । उनले संविधानको संक्रमणकालीन व्यवस्था अन्र्तगत रहेको धारा २ सय ९८ संविधान जारी भएपछिको पहिलो सरकारका हकमा मात्र आकर्षित हुने बताए ।

रिपोर्टस क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले व्यवस्थापिका संसद्को साउन ६ गते बस्ने बैठकमा नेकपा एमालेले बजेट पास गर्ने कार्यसूची हटाइएको विषयमा सभामुख ओनसरी घर्तीसमक्ष प्रश्न गर्ने र सभामुख घर्तीको जवाफ अनुसार एमालेले आवश्यक कदम चाल्ने बताए।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्