Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर प्रदेशमा घरेलु मदिरा सेवनबाट १७ जनाको मृत्यु

desidaru
एजेन्सी, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ । उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । उपचाररत केहीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।प्रहरी अधिकारीले एक स्थानीय मदिरा बिक्रेतमलाई उक्त अपराधमा दोषी भएको आरोपमा शनिबार अबेर पक्रउ गरी मुद्दा दायर गरेको छ ।

मदिरा बिक्रताले आफ्नो अन्तिम ब्याचको उत्पादनमा रक्सी कडा पार्न बिषाक्त रसायन मिसाएको भनी स्थानीयले लगाएका आरोपपछि अनुसन्धान अघि बढाइएको छ । पछिल्लो यस घटनालाई लिएर मुख्यमन्त्री अखिलेश यादवले इताह जिल्लाका पाँचजना कर्मचारी र दुई प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेका छन् । उनले घटनामा मृत्युभएका व्यक्तिका आफन्तजनलाई दुई लाख भारतीय रुपैंया राहत दिने घोषणा समेत गरेका छन् ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्