Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रनबीरमाथि सलमानको रिस: ‘उनको टाउकोमा कुर्सीले हान्न मन लाग्यो’

ranveer-singh-salman_khan
एजेन्सी मुम्बाई । बलिउड अभिनेता सलमान खान एकपटक फेरी विवादास्पद बयान दिएर चर्चामा आएका छन् । यसपटक सलमानले अभिनेता रणबीर सिंहमाथि रिस पोखेका छन् । वास्तवमा रणबीर सिंहको एउटा भिडियो सार्वजनिक भएको छ । पेरिसमा सलमानको भर्खरै रिलिज भएको फिल्म ‘सुल्तान’ को स्क्रिनिङ चलिरहेको थियो त्यही क्रममा रणबीरले स्टेजमा गएर स्टन्ट गर्न सुरु गरे ।

सलमान खानलाई रणबीर सिंहको भिडियोबारे उनलाई सोध्दा उनले निकै विवादास्पद बयान दिएका छन् । ‘मलाई रणबीरको टाउकोमा कुर्सीले हान्न मन लाग्यो । फिल्म हेर, स्टन्ट नगर,’ उनले भने, ‘त्यहाँ मानिसहरु सुल्तान हेरिरहेका थिएनन् । रणबीरले आफूलाई मात्र हेर्न मानिसहरुलाई बाध्य बनाइरहेका थिए । यसका लागि हामीले उनलाई चार्ज गर्नुपर्छ ।’

वास्तवमा जुन भिडियो सार्वजनिक भएको थियो त्यसमा फिल्म ‘सुल्तान’ को स्क्रिनिङ चलिरहेको थियो र रणबीर स्टेजमा गएर स्क्रिनको ठ्याक्क अगाडि ‘बेबीको बेस पसन्द हे’ भन्ने गीतमा डान्स गरिरहेक थिए । स्मरण रहोस्, सलमानको यस्तो व्यवहार यो पहिलो भने होइन । केही समय पहिले पनि सलमानले बलात्कारको विषयमा विवादास्पद बयान दिएर चर्चामा आएका थिए ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्