Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताभन्दा वकिल धेरै सक्रिय: कानुन व्यवसायीलाई भ्याइनभ्याइ !

PM-KP-Oli-2
काठमाडौं । शीर्ष नेताहरूले आफ्ना सहकर्मीलाई भन्दा बढी कानुन व्यवसायीलाई सक्रिय पारेका छन् । खासमा संविधान के भन्छ र अब कसरी अघि बढ्न सकिन्छ भनेर नेताहरूले आ–आफ्नो सुविधा हुने गरी कानुन व्यवसायीसँग सल्लाह लिइरहेका छन् । शनिबार देउवा र प्रचण्डले कांग्रेस र माओवादीनिकट मानिने कानुन व्यवसायीसँग परामर्श लिएका थिए । आइतबार प्रधानमन्त्री केपी ओलीलाई एमालेनिकट मानिने कानुन व्यवसायीले सल्लाह दिए ।

दुवै पक्षका नेताले अनौपचारिक रूपमा पनि धेरै कानुन व्यवसायीसँग छलफल गरिरहेका छन् । तर, धेरैजसो कानुन व्यवसायीले नेताकै सुविधालाई मध्यनजर गरेर सल्लाह दिइरहेका छन् ।  प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले नै प्रक्रिया कसरी अघि बढिरहेको छ भनेर थाहा नपाएको गुनासो गरेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा आइतबार सभापति शेरबहादुर देउवानिवास पुगेको टोलीले आफूहरूलाई केही पनि थाहा नदिएको भन्दै असन्तुष्टि पोखेको थियो । देउवाले अब सल्लाह गरेर अघि बढ्ने बताए । त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठसमेतले असन्तुष्टि जनाएपछि आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले अब शीर्ष सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका छन् ।

उता सरकार बचाउने प्रयासमा लागेका प्रधानमन्त्री ओलीले पनि माधव नेपाल समूहका नेताहरूलाई भूमिका दिएका छैनन् र खासै सल्लाहसमेत गरेका छैनन् । एउटै संविधानको फरक–फरक व्याख्या भइरहेकाले राजनीति अन्योलमा फसेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्