Logo
१२ बैशाख २०८१, बुधबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समिति केसीको अनशनस्थल अवलोकनमा जाने

dr_kc

काठमाण्डौ । डा. गोविन्द केसीको अनशनलाई लिएर संसदीय समितिले चासो व्यक्त गरेको छ । सामाजिक न्याय तथा मानवअधिकार समिति केसीको अनशनलाई लिएर चासो दिएको हो ।

डा. केसीले जनताको स्वास्थका बारेमा जायज माग उठाउँदै आइरहेको तर सरकारले मागहरू पूरा नगरेको सन्दर्भमा समितिले अवलोकन गर्न जान लागेको सभापति सुशीलकुमार श्रेष्ठले बताए ।

समितिका अनुसार सभापति सभापति श्रेष्ठको नेतृत्वमा केसीको अनसनबारे स्थलगत रूपमा जानकारी लिन सोमबार दिउँसो ११:३० बजे जाने भएको छ ।

 उनले ‘आईएमएमविथडाकेसी’ लगायतका नारा लिएर सडकमा युवाहरू उत्रिन थालेपछि समितिले डा.केसीको स्वास्थको समेत अवलोकन गर्न जान लागेको प्रष्ट पारे ।

यस अघि पनि संसदको अर्को सुशासन तथा अनुगमनले समितिले डा. केसीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको आरोपको बारेमा बुझ्ने भन्दै पटक–पटक बैठकको आह्वान गरे पनि हुन सकेन ।#फाइल तस्विर

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्