Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा र प्रचण्डकै आग्रहमा ‘आदित्यलाई आर्थिक सहयोग’ दिइएको खुलासा !

Aadity News (1)

न्यूज अप्रेशन, काठमाडौं । आदित्य दाहाललाई प्रधानमन्त्रीले एक करोड रुपैयाँ सहयोग गरेको भनी चौतर्फी आलोचना भइरहेका बेला उनलाई सहयोग भएको सहमतीको फोटोहरु सार्वजनिक भएका छन ।

उक्त फोटोहरुमा सबै शिर्ष नेताहरुले पालैपालो आदित्यलाई गोदीमा लिदै फोटो खिचाएका छन । यता प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल ‘गुगल ब्वाइ’ लाई काग्रेस सभापति शेरबाहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दहालकै आग्रहमा आर्थिक सयोग गरेको बताएका छन ।

उनललाई दिइएको एक करोड रुपैयाँ औचित्यपूर्ण भएको समेत उनले दावी गरेका छन ।  नेपाल टेलिभिजनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा अघी सारेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल ‘गुगल ब्वाइ’ लाई काग्रेस सभापति शेरबाहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दहालकै आग्रहमा आर्थिक सयोग गरेको बताएका छन ।

उनललाई दिइउको एक करोड रुपैयाँ औचित्यपूर्ण भएको समेत उनले दावी गरेका छन ।  नेपाल टेलिभिजनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा अघी सारेका हुन । कार्यक्रम सञ्चालकले महावीर पुनलाई सरकारले पैसा नदिइएको प्रशंग कोट्याउँदै ‘भविश्य बताउनेलाई १ करोड, भविश्य बनाउनेलाई जीरो’ किन भन्ने प्रश्न प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘गुगल ब्वाइ’को मुक्तकण्ठले प्रशंसा गर्दै उनमा दैवी शक्ति रहेको भाव प्रकट गरे । प्रधानमन्त्री ओलीले भने- ‘आदित्य दाहाल एउटा असाधारण, विलक्षण प्रतिभामात्रै होइन, प्रतिभाभन्दा पनि पृथक ! त्यसलाई के नाम दिने ?’

महावीर र आदित्यबारे प्रधानमन्त्रीको स्पष्टीकरण यस्तो छ:

महावीर पुनको एउटा खोज अनुसन्धानसम्बन्धी संस्था बनाउने प्रस्ताव छ । त्यसलाई ध्यान दिइएको छ र सकेसम्म छिटै त्यसमा केही-केही स्पष्ट पार्नुपर्ने कुराहरु सम्बन्धित मन्त्रीहरुरुले गर्नुभएको थियो र स्पष्ट पारेर ल्याउनुभनेको छु मैले । र, छिटै नै उहाँको काम त्यो अगाडि बढाउँछौं हामी ।

महावीर पुनजीलाई पैसा दिने कुरा होइन । महावीर पुनजीलाई पैसा दिने कुरा होइन कि उहाँको जुन सोच छ, त्यो योजनालाई, आयोजनालाई, त्यस कामलाई दिने हो । भोलिदेखि महावीर पुनलाई यति करोड दियो भनेर हल्ला चल्छ, त्यस्तो उहाँलाई दिने होइन, उहाँको अगुवाइमा गरिने कामलाई दिने कुरा हो । त्यो सरकारले गर्छ ।

शेरबहादुर देउवा र प्रचण्ड सत्ता पक्षका र विपक्षी दलका प्रमुख नेताहरु गुगल ब्वाइलाई लिएर मकहाँ आए, अब आदित्य दाहालको प्रशंगमा, आदित्य दाहाल एउटा असाधारण विलक्षण प्रतिभामात्रै होइन, प्रतिभा भन्दा पनि पृथक । त्यसलाई के नाम दिने ? पढाइ लेखाइ नभएको बच्चाले एउटा भाषामात्रै होइन, चिनियाँ भाषामा पनि लेखेर जवाफ दिने, रुसीमा पनि दिने, अर्को अंग्रेजीमा पनि दिने । यी सप्पै पढाइ लेखाइ नभएको बच्चाले कसरी गर्ने ?

अर्को, बच्चाले प्रयोग गर्ने होइन, ठूला मान्छेले प्रयोग गर्न सक्ने शब्दावली प्रयोग भएको हुन्छ र स्तरीय विचारहरु अभिव्यक्त भएको हुन्छ । र, फोरकाष्ट या भविश्य बताउने कुरा भन्दा पनि केही केही विलक्षणता अथवा अनौठा लक्षणहरु आदित्य दाहालमा छन् । तर, दुई वर्षको हुँदाखेरि विमारीको कारणले शारीरिक अपांगताजस्तो भएको छ र बडो मुस्किलले देब्रेहातले कलम चलाएर बडो मुस्किलले लेख्न सक्ने अवस्था छ । पढाइ लेखाइ छैन । दुईवर्षको उमेरमा ।

त्यसो भएको हुनाले यो उपचार पनि हुन्छ कि भन्ने भएपछि । आदित्य दाहालले नै लेखेछन् कि अमेरिकाको अस्पतालमा उपचार गर्दा ठीक हुन्छ कि भनेपछि आदित्य दाहाललाई उपचारका लागि दिएको त्यो पैसा बचेको थियो । उनीहरुले ल्याएर हाम्रो उपचारमा यति लागेन भनेर त्यो पैसा फिर्ता गर्दिए ।

अर्को, शेरबहादुर देउवा र प्रचण्ड सत्ता पक्षका र विपक्षी दलका प्रमुख नेताहरु गुगल ब्वाइलाई लिएर मकहाँ आए । आदित्य दाहाललाई लिएर मकहाँ आए ।

उपचारका लागि जुन रकम दिइएको थियो, त्यसमा थोरै रकम खर्च गरेर जो फिर्ता गरिएको थियो, त्यसमाथि केही लाख थपेर आदित्य दाहाललाई दिएको हो । जो साथीहरु लिएर आउने, उहाँकै समर्थकहरु ….।

भर्खरै शेरबहादुरजीसँग मेरो भेटघाट भो । त्यहाँ भेटघाट हुँदाखेरि उहाँले मलाई भन्नुभो आदित्य दाहाललाई रकम सहयोग गरेकोमा धन्यवाद । त्यो आदित्य दाहाललाई हैन कि एउटा प्रतिष्ठान छ, त्यसले योगा आदि इत्यादिका कामहरु गर्छ, त्यसलाई । र, आदित्य दाहाल ४ वर्षको बच्चा भए पनि उनलाई व्यक्तिले घर दिन्छु भन्न गए । तर, उनले म व्यक्तिबाट लिन्न भने । सरकारले गर्छ भने त्यो बेग्लै कुरा हो, व्यक्तिबाट लिन्न भन्ने कुरा थियो । त्यसो भएको हुनाले शेरबहादुरजीले मलाई धन्यवाद भन्नुभो । मैले भनंे- तपाईका कार्यकर्ताहरु, तपाईका समर्थकहरु चाँहि एकदम अनेक गर्ने ।

एउटा बुद्धिजीवीको मैले देखें, आदित्य दाहालका बा एमाले कार्यकर्ता, त्यसबाट युवाहरु परिचालन गरेर देशभरि जाने अनेक काम गरेको छ ओलीले । यो थाहा भो, पत्ता लागो भनेर रहस्योदघाटन भनेर एउटा … यस्ता दुईचारजना बुद्धिजीवीहरु छन् नेपालमा ।एउटा हल्ला पनि त्यस्तो चलाए ।

तर, यथार्थ त्यस्तो होइन । उहाँले पहिलेको सरकारले दिएको एक करोड पनि फिर्ता गर्नुभो । थोरैमात्रै खर्च भो, अरु फिर्ता गर्नुभो । त्यसमा त्यो अलिकति रकम थपेर फेरि यसपटक दिएको हो । त्यो शेरबहादुरजी र प्रचण्डजीको आग्रहमा । नेपाली जनताका अगाडि हामी सबै भएर गुगल ब्वाइलाई पालैपालो हामीले काखमा लिएर फोटो खिच्दै, अथवा एकजनाले लिएका ठाउँमा खिचेको फोटोहरु देखि लिएर …यो सम्मान होइन भनेर नबिर्सिनुहोला । यो एउटा औचित्यपूर्ण कुरा हो । औचित्यपूर्ण कुरा हो ।

Aadity News (2)

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्