कानूनी दाउपेच देउवा: प्रधानमन्त्रीले पनि गरे कानुनी परामर्श !
न्यूज अप्रेशन, काठमाडौं । शनिवार काग्रेस सभापति शेरबाहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार कानूनी परामर्स गरेका छन । सरकार विरुद्ध संसदमा प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यसपछि नयाँ सरकार गठनका सन्दर्भमा संवैधानिक जटिलताबारे विज्ञहरुसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझको छलफलमा बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी लगायतका संविधानविदहरु सहभागी भएका थिए ।
छलफलमा उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कमल थापा, एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेल लगायत सहभागी छन् ।
महान्यायाधिवक्ता हरि फुँयाल पनि छलफलमा सहभागी छन् । प्रधानमन्त्री ओलीले आफूले सत्ता साझेदार दलहरुको सुझाव बमोजिम संसदको सामना गर्ने निर्णय गरेको बताउँदै संविधान विपरीत जाने कुनै सोच नरहेको प्रष्ट पारेका छन् । #तस्वीर प्रधानमन्त्री केपी ओलीको ट्वीटर