Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्लै अघि नबढ्न देउवालाई पौडेलको चेतावनी !

Ramchandra

काठमाडौं । पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । आइतबार आफू निटक नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले निर्णय प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउन आग्रह गरेका हुन् ।

निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै पौडेलले सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि जनाएका हुन् । शनिबार देउवा र माओवादी केन्द्रका अध्यक्षले सामुहिक रुपमा कानुन व्यवासायीसँग छलफल गर्दा पौडेल पक्षधर नेतालाई बोलाएका थिएनन् ।

जवाफमा देउवाले सबैलाई मिलाएर लैजाने आश्वाशन दिँदै भातृ संगठनको महाधिवेशनको मिति छिट्टै तोकिने बताएका थिए । देउवालाई भेट्न पौडेलसहित नेताहरु प्रकाशमान सिंह, रामशरण महत तथा सितादेवी यादव देउवा निवास बुढानिकलण्ठ पुगेका थिए ।

पौडेलले महाधिवेशन भएको लामोसमयसम्म पदाधिकारी नियुक्ती नगरेको, भातृ संगठनको निर्वाचनको मिति नतोकेको तथा निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्