Logo
७ बैशाख २०८१, शुक्रबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृष्ण महतको नेतृत्वमा नवयुग युवा क्लबले गर्‍यो समिति पुनर्गठन 

News Logo

काठमाण्डौ । एक वर्ष अगाडि विधिवत रुपमा संचालित नवयुवा क्लब पिपलधारा गुल्मीले वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति गठन गरेको छ ।

गुल्मीको सदरमुकाम तम्घासवाट करीव २३ किलोमिटर पश्चिममा पर्ने पिपलधारा गाँउ विकास समिति विकासका हिसावले दुर्गम स्थान मानिन्छ ।

गा.वि.स. मा विकासको लागि कुनै पनि राजनीतिक दलको ध्यान त पुग्न सकेन तर अब कसैको मुख ताकेर विकास होला भनेर बस्ने हो भने यो गा.वि.स. विकासको हिसावले अझ पछि पर्छ भन्ने लागेपछि रोजगारीको शिलसिलामा विदेश तथा स्वदेशका विभिन्न कुना काप्चामा छरिएर रहेका पिपलधारा ३/४ का युवाहरूलाई संगठित भएको हो ।

२०७२ साल कात्तिकमा दर्ता गरी आफ्नो गाँउ आफै बनाऔ भन्ने नाराका साथ स्थापना भएको नवयुग युवा क्लव पिपलधारा ३ र ४ ले पिपलधारा ४ थामाचौरलाई पर्यटन विकासको लागि भनेर डिम बहादुर महतको अध्यक्षतामा सस्था दर्ता गर्यो पीपलधाराको रमणीय स्थान थामाचौर पर्यटकिय सम्भावना बोकेको स्थानलाई प्रचार प्रसार गर्ने मन्दिर, प्रतिक्षालय बनाउने, स्टेज बनाउने उदेश्यले उक्त युवा क्लवले पिपलधारा वाड न. ३ र ४ का विदेशमा भएका युवाहरुको सहयोगमा आर्थिक अभियान चलाएको थियो ।

क्लबलार्इ अझै ब्यावस्थित ढंगले संचालन गर्न को निम्ति पुरानो समितिलाई बिघट्न गरी नयाँ जोश जागर र उमङगका साथ बिदेश वा स्वदेशमा रहेका युवा तथा स्थानीय केही बुद्धि जिबीहरुलाई समेटी कृष्ण प्रताप महतको अध्यक्षतामा १७ जनाको नयाँ कार्यसमितिगठन गरेको छ । समितीका पदाधिकारीहरु निम्न अनुसार रहेका छ्न् ।

अध्यक्ष कृष्ण प्रताप महत, उपाध्यक्ष राजेन्द्र बस्नेत, उपाध्यक्ष कोषराज थापा, महासचिव गोबिन्द बस्नेत, सचिब बिरेन्द्र के.सी., सहसचिव बावुराम वी.क., कोषाध्यक्ष नबीन खत्री, सहकोषाधक्ष मेहरसिह बस्नेत, सदस्यहरूमा सकुन्तला महत, नारायण बस्नेत, कृष्णा बस्नेत, सूर्य थापा, बिक्रम महत, बीष्णु महत, वसन्त अधिकारी, राजु थापा क्षेत्री, भिम सागर बि.क., रहेका छन । नवयुग युवा क्लबलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सोहि गाविसका होनहार समाजसेवि युवा कमान सिंहँ खत्री स्थाइ बसोबास काठमाडौंमा रहेपनि गाउँको माया मुटुमा रहन्छ भन्ने पष्ट पार्नु भएको छ ।

थामाचौर लाई पर्यटकीय क्षेत्रको रुप मा विकास गर्न उहाँको पहलमा केन्द्रबाट १६,००,००० (सोह्र लाख) बजेट २०७१÷२०७२ मा पारी सक्नु भएको छ र आगामी बर्षमा पनि पुन बजेटको लागि पहल गर्ने जानकारी गराउनु भयको छ । साथै उक्त ठाउँमा अहिले मन्दिर नीर्माण, पिकनीक स्पोट नीर्माण हुँदैछ। उक्त परोपकारी क्लबले पिपलधारामा आर्थिक स्थिति कमजोर भएका अशक्त परिवार र वबरामीहरुलार्इ आर्थिक सहयोग गर्दै आएको छ ।

केहि महिना अगाडि पिपलधारा ९ का रमेश परियारको मुटु तथा मृगौलामा समस्या भएपछि उपचार गर्न धेरै पैशा लाग्ने र परिवारको आर्थिक स्थिती कमजोर भयको कारण उक्त नवयुग युवा क्लब ले रू २५,००० (पच्चीस हजार) सहयोग गरेको थियो, दुर्भाग्य उनी बचेनन् । सोही पिपलधारा वार्ड नं ३ पधेरा निवासी स्वर्गिय कुल बहादुर थापाको परिवारको लागि पनि सहयोग रकम उठाई सकेको र सो रकम एकमुष्ट केही दिन भित्रमा स्वर्गीय कुल बहादुरको परिवारलाई हस्तान्तरण गर्ने जानकारी उषाध्यक्षदय कोष बहादुर थापा तथा राजेन्द्र बस्नेतले दिएका थिए ।

सरकारबाट विकास होला भनेर बस्नुभन्दा पिपलधाराका युवाहरुजस्तै सबै गाविसका युवाहरु एकजुट भएर गाँउको विकासमा लाग्ने हो भने केहि वर्षमै सवै गाविसको चौतर्फी बिकास हुने र जनताले राहत महसुस गर्ने थिए । स्मरण रहोस् सोही गाविस मा विगत ढाइ वर्ष देखि विशुद्ध सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति बिश्वसञ्जाल गुल्मीले एतिहासिक काम गर्दै गाविसको चौतर्फी विकासमा सघाउदै आएको छ । हालैमा उक्त संस्थाले गा.वि.स. को स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्