प्रभु क्यापिटल लिमिटेडको कारोबार शुभारम्भ
काठमाडौ । ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडको नाम परिवर्तन भई प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार शुभारम्भ गरिएको छ ।
आज आइतबार साउन २ गते देखि कारोबार शुरु गरेको हो ।
प्रभु बैंक लिमिटेडका अध्यक्ष श्री देवी प्रकाश भट्टचनज्यूले एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडको विधिवत उद्घाटन गर्नुभयो ।
आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा उपलब्ध गराउँदै आएको अवस्थामा प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार गर्न थालेपछि अझ स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।