Logo
१३ बैशाख २०८१, बिहीबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“डिक्टेटर सिप” को असफल खोजीमा प्रधानमन्त्री ओली रहेको चर्चा !

News O Pm

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई सत्ताको सहयात्रा छाडे पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसगँ चिन रिसाएको चर्चा राजनीतिक बृतमा चलेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गरेसँगै प्रधानमन्त्री केपी ओली यतिवेला जसरी पनि संसद फेस गर्ने र तत्काल राजिनामा नदिने तयारीमा छन् ।

‘डिक्टेटर सिपको असफल खोजीमा प्रधानमन्त्री ओली रहेको चर्चा राजनीतिक बृतमा चर्किएको छ । त्यतिमात्रै होईन, उनी यतिवेला अन्र्तराष्ट्रिय समर्थन खासगरी छिमेकी मुलुक चीनलाई एकलौटी आफ्नो पक्षमा पार्न सफल भएकोले सोही अनुरुपको साथ र समर्थनको खोजीमा भारतसगँ समेत भित्रिरुपमा कुराकानी अगाडि बढाएका छन् । त्यसो त चीनले ओलीलाई सहयोग गर्ने ग्रिन सिग्नल दिईसकेको छ । ओली प्रधानमन्त्री भएयता नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको विश्लेषकहरु बताउछन् । चीन भ्रमणमा उनले महत्वपूर्ण सन्धी सम्झौता गरेपछि त उनको पक्षमा ठूलो लहर देखिएको थियो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिने हल्ला चल्दादेखि नै चीनीयाँ पक्षले ओली सरकारको निरन्तरता चाहेको खबरहरु बाहिर आएको थियो । पछिल्लो समय चीनीयाँ उच्च अधिकारीहरु नेपाल आएरै नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुलाई भेटेरै ओली सरकार छोडे राम्रो नहुनेतर्फ संकेत समेत गरेको खबर बिभिन्न संचार माध्यममा आएको थियो । यता निरन्तर ओली सरकार ढाल्न लागि परेका भारत पनि यति बेलम पर्ख र हेरको नीतिमा रहेको छ । स्रोतका अनुसार चीनीयाँ पक्षले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामार्फत अध्यक्ष प्रचण्डलाई गम्भिर सन्देश पठाएका थिए ।

पछिल्लो समय ओली विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि पनि चीनीयाँ प्रतिनिधिहरु काठमाडौं ओर्लिएको स्रोतले बताएको छ । चीनीयाँ पक्ष यतिवेला ओली सरकार बचाउनको लागि उनीहरु लागि पर्ने बुझिएको छ । चीन जसरी हुन्छ, ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा भित्रि रुपमा लागि परेको स्रोतले जनायो । उनीहरु यतिवेला ओलीको निरन्तरताको लागि जस्तोसुकै सहयोग गर्न समेत तयार रहेका छन् ।

खासगरी चीनीयाँ राष्ट्रपति सि जिनपिङ्को नेपाल भ्रमण ओली नेतृत्वको सरकारकै पालामा होस भन्ने चीनीयाँ पक्षको चाहना छ । यतिखेर चीनीयाँ पक्ष ओली सरकारको निरन्तरताको लागि विभिन्न विकल्पसहित नेपालका शीर्ष नेताहरुसँगको गोप्य भेटघाटमा व्यस्त छ । स्रोतका अनुसार उनीहरुले काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मधेशवादी दलका केही नेताहरुलाई भेटेर ओली सरकारको विकल्प नखोज्न दबाब दिएका छन् । उनीहरुले त संसदमा पेश भएको अविश्वासको प्रस्ताव समेत फिर्ता लिन लविङ् समेत गरेको स्रोतले बतायो ।

नेकपा एमालेभित्रै बरिष्ठ नेता त्रय झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले ओलीले राजिनामा नदिएर गम्भिर भुल गरिरहेको आरोप समेत लगाइरहेको अवस्था छ । उता नेपालको आन्तरिक राजनीतिमा निरन्तर हस्तक्षेप गर्दै आएको भारत पनि ओली सरकारको विकल्प छिटो खोजिरहेको समाचार स्रोतको दाबी छ ।

प्रकाशित मिति: Jul 16, 2016

प्रतिक्रिया दिनुहोस्