Logo
८ बैशाख २०८१, शनिबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरियामा नेपाली कामदारको १ लाख ३० हजार तलब, ७ प्रतिशतले बढ्यो 

korea
न्यूज अप्रेशन, काठमाडौं । नेपालीहरुको आकर्षण भनिएको कोरियामा नेपालीहरुको तलबमा बृद्धि भएको छ । रोजगार अमुनति प्रणाली (इपीएस) मार्फत कोरिया पुगेका विदेशी कामदारको न्युनतम् तलवमा वृद्धि हुने भएको हो । सन् २०१७ देखि लागू हुने गरी कोरियामा इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलव १ लाख ३० हजार रुपैयाँ तय गरिएको हो ।

नयाँ तलव लागू भएपछि २ महिनाको २ सय ९ घण्टा काम गर्ने कामदारले न्युनतम १३ लाख ५२ हजार अवन अथार्त १ लाख ३० हजार रुपैयाँसम्म हात पार्नेछन् । अहिलेको घण्टाको ६ हजार ३० वन पाउँदै आएका कामदारले अब प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् ।

कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएस कामदारको तलवामा ७ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । अब यही प्रणालीमार्फत भाषा परीक्षा पास गरेर गएका नेपालीको पनि न्युनतम् तलवमा वृद्धि हुने कोरियाहेराल्ड डटकमले जनाएको छ ।

प्रकाशित मिति: Jul 16, 2016

प्रतिक्रिया दिनुहोस्