Logo
१५ चैत्र २०८०, बिहीबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली शान्ति प्रक्रियाविरुद्ध लागेकाले समर्थन फिर्ता लिएको प्रचण्डको खुलासा !

Prachanda News

काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाविरुद्ध लागेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

सरकार परिर्वतनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको भन्ने प्रधानमन्त्रीको टिप्पणी निकृष्ट भएको उनले बताए । उनले भने, ‘चीन र भारतका नाममा भनाएका कुरा हल्ला मात्र हुन् । र यो सत्ता टिकाउने डिजाइन मात्र हो ।’

एमालेसँग आफूले दुश्मनी नचाहेको भन्दै उनले अविश्वासको प्रस्ताव पास भएपछि फेरि सबैलाई सहमतिमा ल्याएर अघि बढ्ने बताए ।

उनले भारतको समर्थनमा सरकार ढालेको आरोपको खण्डन गरे । प्रचण्डले शुक्रबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘म १० वर्षदेखि चीनसँग नजिक छु । प्रचण्ड आउँदा चीन झन खुसी हुन्छ ।’

उनले अब बन्ने सरकारको प्राथमिकथता शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु भएको बताए । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याई संविधान कार्यान्वयन र पुनर्निर्माणको कामलाई तीव्रता दिनु आफ्नो एजेण्डा भएको उनले बताए ।

सरकार अल्पमतमा परिसकेको भन्दै उनले तत्काल राजीनामा नदिनुले षड्यन्त्रको आभाष भएको बताए । उनले एमालेले भने जस्तो नयाँ सरकार बनाउन कानुनी अड्चन नरहेको र नियमावलीमा कुनै ‘कन्फ्युजन’ नरहेको दाबी गरे ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्