Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा यादव पक्राउ

Akhtiyar

नेपालगञ्ज । स्थानीय उपभोक्ता समूहसँग २ लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा कोषेवाली अनुसन्धान कार्यालय नेपालगञ्जका कर्मचारी बिरेन्द्रकुमार यादवलाई अख्तियार अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

बाँकेको खजुरामा रहेको कार्यालयमा उपभोक्तासँग घुस लिँदैगर्दा यादवलाई अख्तियारको कोहलपुर सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको एसपी दिलिप थापाले जानकारी दिए ।

डीप बोरिङका लागि अनुदान मिलाइदिएबापत अनुसन्धान कार्यालयका यादवले उपभोक्ता समूहसँग २ लाख ५० हजार घुस मागेका थिए । कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारले यादवलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्