Logo
१५ चैत्र २०८०, बिहीबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव माओवादीद्वारा साउन १० गते नेपाल बन्द गर्ने घोषणा

biplab finalकाठमाडौं  । सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारेले जारी राखेको दमन जारी राखेको भन्दै नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

शुक्रबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा माओवादीको केन्द्रीय कार्यालयद्वारा सर्लाहीको सुकुम्बासी बस्तीमाथि असार २१ गतेदेखि जारी राखेको दमनविरुद्ध धारणा तथा विरोध कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन् ।

सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।
जारी विज्ञप्तिमा विरोधको पहिलो कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रम अनुसार साउन १ देखि साउन १० गतेसम्म विरोधका कार्यक्रम राखिएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गरे । उनले भने ‘दमन तुरुन्त बन्द नगरे नेकपा माओवादीले त्यसको निर्मम प्रतिवाद गर्छ, यो कुरा राज्यले समयमै बुझ्नु  पर्छ ।’

राज्यको बर्बर दमनको रुपमा हेर्न सागरनाथ बस्तीमा पुग्न पनि पत्रकारहरुलाई उनले आग्रह गरे । ‘तपाई पत्रकार मित्रहरु एकचोटी सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफना सुकुम्वासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ ? त्यो त्यहा पुग्नेलाई स्पष्ट हुन्छ’ प्रवक्ता प्रकाण्डले भने । घटनाको वास्तविक तथ्य बाहिर ल्याउन पनि पत्रकारहरुसँग उनले आग्रह गरेका छन् । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ । तर घटना राज्यले निर्मम बनाएको छ । त्यो दृष्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’ उनको भनाई छ ।

पत्रकार सम्मेलनमा सुकुम्वासीमाथि दमन बन्द गरेर घाइतको निशुल्क उपचार र सुकुम्वासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग माग गरे । प्रहरी दमनबाट सुकुम्वासी संजिव बम्जनको बायाँ आँखा गुमेको छ । नामबाट छोडिएको गोली टाउकोमा पुगेर अड्किएको चितवन मेडिकल कलेजले जनाएको छ ।

१२ जना सख्त घाइते भएका छन् । दमनका क्रममा सयौं थान अश्रु ग्याँस, रबर र सिसाको गोली प्रहार गरेका थिए । सागरनाथमा हाल करिब ५ हजार सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् । हिमाल, पहाड र तराईबाट गएका बाढीपहिरो तथा द्वन्द्वपीडितहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई सरकारले नै ०६६ सालबाट पौचारिक रुपमा निर्णय गरी सुकुम्वासीलाई त्यहाँ राखिएको थियो ।

कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने कार्यक्रम रहेको छ ।

सुकुम्वासीमाथिको दमनविरुद्ध

नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ । राजधानीमा पार्टीले आयोजना गरेको एक पत्रकार सम्मेलनमार्फत बन्दको घोषणा गरेको हो । शुक्रबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा माओवादीको केन्द्रीय कार्यालयद्वारा सर्लाहीको सुकुम्बासी बस्तीमाथि असार २१ गते देखि जारी राखेको दमनविरुद्ध धारणा तथा विरोध कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन् ।

सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको जनाएको छ । जारी विज्ञप्तिमा विरोधको पहिलो कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रम अनुसार साउन १ देखि साउन १० गतेसम्म विरोधका कार्यक्रम राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गरे । उनले भने ‘दमन तुरुन्त बन्द नगरे नेकपा माओवादीले त्यसको निर्मम प्रतिवाद गर्छ, यो कुरा राज्यले समयमै बुझ्नु  पर्छ ।’

राज्यको बर्बर दमनको रुपमा हेर्न सागरनाथ बस्तीमा पुग्न पनि पत्रकारहरुलाई उनले आग्रह गरे । ‘तपाई पत्रकार मित्रहरु एकचोटी सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफना सुकुम्वासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ ? त्यो त्यहा पुग्नेलाई स्पष्ट हुन्छ’ प्रवक्ता प्रकाण्डले भने ।

घटनाको वास्तविक तथ्य बाहिर ल्याउन पनि पत्रकारहरुसँग उनले आग्रह गरेका छन् । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ । तर घटना राज्यले निर्मम बनाएको छ । त्यो दृष्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’ उनको भनाई छ ।

कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने कार्यक्रम रहेको छ ।

विदेशीको डिजाइनमा सत्ताको खेल खेल्दै

सोही पत्रकार सम्मेलामा प्रवक्ता प्रकाण्डले अहिले देशभित्रका संसदवादी पार्टीहरु विदेशीको डिजाइनमा सत्ताको फोहोरी खेलमा  रहेको बताएका छन् । ‘बरु देश र जनताको स्थिति भाँडमा जाओस्, तर सत्ताको फोहोरी खेल खेल्न छाड्दिनँ जस्तो गरेर कुर्सीको लागि लडिरहेका छन् । यो सबै खेल विस्तारवादी र साम्राज्यवादीको डिजाईनमा भइरहेको छ’ प्रकाण्डले भने यो खेलको हामी घोर भसर्ना गर्दछौं ।’

उनले प्रधानमन्त्री ओलीको ‘विदेशीको इसारामा सत्ता परिवर्तनको भयो’ भन्ने भनाईप्रति प्रश्न गर्दै भने ‘सत्ता विरुद्धमा खेल खेल्नेलाई जेल हाल्न सक्नुहुन्छ ?’ संसदवादी दल र तिनले चलाएका सत्ता विदेशी हातमा पुगेको भन्ने माओवादीको भनाई पुष्टि हुँदै गएको प्रकाण्डको भनाई छ ।

प्रवक्ता प्रकाण्डले देश र जनताको सार्वभौमिकताको रक्षाका लागि नेकपा माओवादी निरन्तर संघर्षमा रहेको बताउँदै सरकारले जनताको संघर्षलाई दमन गरे डरलाग्दो प्रतिकार गर्ने चेतावनी दिए ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्