Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख भन्छिन्- “अबको बैठकमा अविश्वास प्रस्ताव अघि बढ्छ”

Sabhamukh onsari-Gharti

न्यूज अप्रेशन, काठमाण्डौ ।  सभामुख ओनसरी घर्तीले साउन ६ गते बस्ने संसदको बैठकमा सरकारमाथिको अविश्वास प्रस्ताव पेश हुने बताएकी छन् ।

पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले विगतको परम्परा र स्वविवेको प्रयोग गरेर आफुले संसद बैठक स्थगित गरेको जानकारी दिइन् ।

‘विगतको परम्परा मध्यनजर गर्दै र स्वविवेक प्रयोग गरेर संसद बैठक ६ गते ११ बजे बोलाउने निर्णय गरेकी हुँ’ उनले भनिन् ‘ सो बैठकमा अविश्वास प्रस्ताव अघि बढ्छ।’

सभामुख घर्तीले संसद बैठक स्थगित गरेर मुठभेड निम्त्याउन खोजेको एमाले आरोपको खण्डन गर्दै भनिन् ‘मुठभेड निम्त्याउने मेरो कुनै प्रयत्न होइन, सबै दलहरुलाई मेरो समान ब्यबहार हुन्छ, त्यो मेरा भोलिका क्रियाकलापले पुष्टी हुन्छ।’ #फाइल फोटो

 

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्