Logo
४ बैशाख २०८१, मंगलबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाजिम्पाट पुगेका गच्छदारसँग नयाँ सरकार गठनको गृहकार्यबारे प्रचण्डको छलफल

Prachanda-with-gachhadar

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला भएको यो भेटलाई निकै अर्थपुर्ण मानिएको छ । गच्छदार हाल केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत हुन ।

कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेका गच्छदारले पहिलोखपटक प्रचण्डसँग छलफल गरेका हुन ।

शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका गच्छदारसँग नयाँ सरकार गठनको गृहकार्यबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रचण्डले गच्छदारलाई सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा समर्थन गर्न आग्रह गरेका थिए । जवाफमा गच्छदारले यसबारे पार्टीमा छलफल गरी जवाफ दिने बताएका थिए । #फाइल तस्विर

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्