Logo
१३ बैशाख २०८१, बिहीबार
(July 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणबीर–दीपिकाको विवाह पक्का ! तयारीमा लागिसके घरपरिवार !!

ranveer-singh-deepika-padukone-

एजेन्सी, मुम्बाइ । भारत बलिउडका चक्लेटी जोडी भनेर चिनिने हट जोडीमा गनिने रणबीर सिंह र दीपिका पादुकोणको विवाह पक्का भएको छ । यद्यपी यस विषयमा रणबीर र दीपिकाले केही प्रतिक्रिया जनाएका छैनन् ।

खबरका अनुसार रणबीर र दीपिकाका परिवार पनि विवाहको कुराकानी गर्न अष्ट्रिया पुगिसकेका छन् । सन् २०१७ मा हुन लागेको विवाहबारे रणबीर–दीपिका आफैंले सबै कुराहरु सोचिसकेका छन् अब ती तयारीहरुका लागि परिवार समावेश हुनुपर्नेछ ।

स्रोतलाई मान्ने हो भने दुबैले आफ्नो विवाहको तयारीमा लागिसकेका छन् भने घरपरिवारलाई पनि यसमा संलग्न गराइसकेका छन् । उनीहरु सन् २०१७ मा विवाह गर्ने तयारीमा रहेको खबरमा उल्लेख छ ।

स्मरण रहोस्, दुबैको सम्बन्धको बारेमा धेरै पहिलेदेखि समाचार आइरहेको थियो तर अब बलिउडका यी हट जोडीले आफ्नो सम्बन्धलाई एउटा नयाँ मोड दिने सोच बनाएका छन् ।

रणबीर सिंह र दीपिकाको विवाहको खबरले दुबैका परिवार निकै खुसी भएको स्रोतले बतायो । आजकाल उनीहरु अष्ट्रियामा छन् जहाँ उनीहरु कामबाट छुट्टी लिएर फुर्सदको समय बिताइरहेका छन् ।

यद्यपी दुबैले कहिले पनि खुल्ला रुपमा आफ्नो सम्बन्ध बारे कुरा गरेका छैनन् । तर उनीहरुको व्यवहारले धेरै कुरा वर्णन गर्न सक्छ । केही दिन पहिले भएको आइफा अवार्डको क्रममा आफ्नो प्रस्तुतीको क्रममा दीपिकाले दर्शका बिच रणबीर सिंहतर्फ इशारा गरेर आफ्नो प्रेम दर्साउँदा रणबीरले पनि त्यसको जवाफमा फ्लाइंग किस दिएका थिए ।

यति मात्र होइन, खबरका अनुसार यो प्रेम जोडीले लुकीछुपी इन्गेजमेन्ट पनि गरिसकेका छन् । उनीहरुको यो कार्यक्रममा केही नजिकका आफन्त र साथीहरु समावेश भएका थिए ।

त्यसपछि दुबैले कसैलाई केही नभनी आ–आफ्नो काममा लागिपरे । रणबीर सिंह आजकाल आदित्य चोपडाको बेफिकरको शुटिङमा व्यस्त छन् भने दीपिका पादुकोण हलिउड फिल्म ट्रिपल एक्समा वेन डीजेलसँग अपोजिट आउने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्