Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण, अनसनमा रेजिडेन्ट डाक्टरको समर्थन !

dr_kc

काठमाडौं, न्यूज अप्रेशन । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चार दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण बन्दै गएको भन्दै चासो देखाउन ध्यानाकर्षण गराएको छ ।

बिहीबार बिहान ८ बजे केसी अनसनरत त्रिवि शिक्षण अस्पताल पुगेर आयोग टोलीले डा।केसीको अवस्थाबारे जानकारी लिएको थियो । आयोग अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको स्वास्थ्यमा अस्पताल प्रशासनले चासो नदिँदा उनको अवस्था गम्भीर हुँदै गएको औंल्याएको हो ।

आयोगका अनुसार केसीको शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मुटुको धड्कन दर वृद्धि हुन थालेको छ । अक्सिजनको मात्रा ९०, मुटुको धड्कन वृद्धि भएर १०० सम्म पुग्ने गरेको छ ।

सामान्य मान्छेमा अक्सिजनको मात्रा प्रतिमिनेट १०० हुनुपर्छ भने मुटुको धड्कन ७२ हुनुपर्छ । धड्कन बढ्नु र अक्सिजन घट्नुले जोखिमको संकेत हो। डा.केसीले आफ्नो मृत्यु होस् भने जसरी राज्य लागेको भन्दै कुनै पनि हालतमा अनसन नरोक्ने बताए ।

यता, अस्पताल प्रशासनले डा।केसीको स्वास्थ्यमा ध्यान नदिएको भन्दै विद्यार्थीहरुले आजैदेखि पठनपाठनमा सरिक नहुने निर्णय गरेका छन् ।

बुधबार नै रेजिडेन्ट्स चिकित्सकहरुले उपचारको प्रबन्ध गर्न अस्पताल प्रशासनलाई लिखित ध्यानाकर्षण गराएका थिए । डा.केसीका लागि अस्पतालले कुनै टोली प्रबन्ध गरेको छैन ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्