Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीको हत्या अभियोग लागेका रत्नसागर मठका महन्थलाई सफाई

Baikunth-Das

जनकपुरधाम, न्यूज अप्रेशन । एक जना सरकारी कर्मचारीको हत्या अभियोग लागेका रत्नसागर मठका महन्थ बैकुण्ड दासलाई अदालतले सफाई दिएको छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झा हत्या प्रकारणमा प्रहरीले महन्थ दासलाई मुख्य आरोपि बनाएका थिए ।

जिल्ला अदालत धनुषाका न्यायधिश ओमकार उपाध्ययको एकल इजलासले बुधबार महन्थ दाससहित जनतान्त्रिक तराई मुक्ति मोर्चा९राजन समूह०का अध्यक्ष राजन मुतिm भनिने रंजितकुमार झालाई पनि सफाई दिएको हो ।

यसै घटनामा मुछिएका अन्य चार जनालाई अदालतले जेल सजाय सुनाएको छ । शिवकुमार ठाकुरलाई सर्वस्वसहित जन्मकैद, बिजली सिंह भन्निे राकेश पाण्डे, सुशिल अधिकारी यादव र मनिष चौधरीलाई जन्मकैदको सजाय सुनाएको अदालतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मनिष चौधरी हाल फरार रहेको छ । विस २०६७ कातिक ११ गते जनकपुर निवासी जिल्ला शिक्षा कार्यालय महोत्तरीमा कार्यरत्त झाको कार्यालय जाने समयमा जनकपुरमै गोली प्रहार गरी हत्या गरिएको थियो भन्दै हुलाकी न्यूजले पोष्ट गरेको छ ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्