Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानअनुसार नयाँ सरकार बन्न नसक्ने ओलीको तर्क !

News O Pm

काठमाण्डौ, न्यूज अप्रेशन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबमोजिम नयाँ सरकार गठन हुन नसक्ने तर्क गरेका छन् । आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि भावी रणनीति तर्जुमा गर्न बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले बैठकमा पछिल्लो घटनाक्रमबारे जानकारी दिएका थिए। उनले अविश्वासको प्रस्ताव दर्तासँगै लगाइएका आरोप अनुचित भएको बताएका थिए ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विदेशी इशारामा सरकार ढाल्ने गतिबिधि भएको आरोप उनले लगाए। उनले एमाओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहालले राजनीतिक बेइमानी गरेको आरोपसमेत लगाए ।

‘संसद्मा कांग्रेस-माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्दा गरेर जेजे कुराहरु उठाएका छन ती अनुचित छन्। पूर्णतः आग्रहमा आधारित छन्-‘प्रधानमन्त्रीले कडारुपमा खण्डन गर्दै भने, ती कुरालाई हामी समर्थन गर्दैनौं ।

असत्य कुरालाई समर्थन गर्ने कुरा भएन, त्यसको हाउसमा डटेर सामना गर्छौं।’ बैठकबाट माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएलगत्तै मंगलबार संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई डटेर सामना गर्ने निर्णय गरेको एमालेका सचेतक गोकुल घर्ती मगरले थाहाखबरलाई जानकारी दिए ।

बैठकमा नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर नेताहरुले प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न उचित हुने सुझाव दिए भने ओली पक्षले संसदमा आफ्ना कुरा र कामको फेहरिस्त प्रस्तुत गरेरमात्र सरकारबाट बाहिरिन उचित हुने धारणा राखेका छन्।

माओवादी केन्द्र सत्तारुढ गठबन्धनबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले राजीनामा दिने कि? अन्य विकल्प खोज्ने भन्ने विषयमा चर्चा भइरहेका बेलामा बैठक बसेको हो ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्