Logo
८ बैशाख २०८१, शनिबार
(July 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्वाइस र डाटामा रोमिङ शुल्क घटाउँदै एनसेल

ncell
काठमाडौ । एनसेलले आफु एक्जियटा गु्रप बर्हाद अन्र्तगत आए पछि उक्त ग्रुपको नेटवर्क भित्र पर्ने देशहरुमा रोमिङ् योजना मार्फत रोमिङ्गको शुल्क घटाई सकेको छ ।

रोमिङ शुल्क घटाइएका देशहरुमा बर्हाद ग्रुपको नेटवर्क अन्तर्गत पर्ने मलेसिया, श्रीलंका, बाङ्लादेश र क्याम्बोडिया रहेका छन् । केही समय अगाडी एनसेलले यस गु्रप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुको सहजतालाई विशेष प्याकपनि सार्वजनिक गरेको छ ।

तिनको सुविधा तथा सहजतालाई दृष्टिगत गर्दै कम्पनीले आकर्षक दैनिक अनलिमिटेड डाटा रोमिङ् प्याक सार्वजनिक गरेको थियो । यस योजना अन्र्तगत कम्पनीका उपभोक्ताले कर सहित जम्मा रू १ हजार ५ सयमा प्याक खरिद गरी भ्रमणको समयमा दैनिक अनलिमिटेक डाटा सेवा उपयोग गरी फाइदा लिन सक्छन् । कम्पनी अहिले रोमिङ शुल्कमा कटौती ल्याउनका लागि छलफलको क्रममा रहेको पर्किन्सले बताएका छन् ।

तीन हप्ता पहिले आईडियासँग यस बारेमा छलफलका लागि कम्पनीको एक समुह पुगेको थियो । छलफललाई नतिजाको अझ नजिक लाने सोचका साथ सो समुह पूणः छलफलका लागि जाने तयरीमा रहेको उनले जानकारी दिए । “भारत र मलेसिया जस्ता देशहरुका लागि अहिले जे जति भएको छ त्यो भन्दापनि बढि गर्न चाहन्छौं ”, उनले भने “हाम्रा ग्राहकहरुले एनसेलको सिम बोकेर ती देशहरु जाउन् र लोकल कल झैं सुलभ दरमा नेपालमा कल गर्न पाउन् भन्ने हाम्रो चाहना हो ।”

भारतपछि सबभन्दा धेरै नेपालीहरु रहेको देश मलेसिया हो । अहिले मलेसिया भ्रमणमा रहेका बेलामा एनसेलका ग्राहकले रु १५ प्रति मिनेटमा रोमिङ्गको योजना अन्र्तगत नेपालमा कल गर्न वा आगमन कल उठाउन सक्छन् । त्यसै गरी एसएमएस प्रेशित गर्दा प्रति सन्देश रु १५ पर्छ । आगमन एसएमएस सुविधा भने निःशुल्क रहेको छ । ईण्डिया रोमिङ्गको योजना अन्र्तगत अहिले ग्राहकले त्यहाँ रहेको बेलामा रु २५ प्रति मिनेटमा नेपालमा फोन गर्न सक्छन् र प्रति एसएमएसको रु १० पर्छ । पर्किन्स देश बाहिर बस्ने सम्पुर्ण नेपालीहरुका लागि योजनाहरु हुनु पर्ने पक्षमा छन् ।

मध्यपुर्व, कतार, कुवेत अनि साउदी अरेविया जस्ता देशमा पनि थुप्रै नेपालीहरु रहेका छन् । एनसेलको एक टोली केही अगाडी कतार गएको थियो र त्यहाँका सेवा प्रदायकहरुसँग भेटेर कसरी त्यहाँ रहेका नेपालीहरुलाई सस्तोमा नेपालमा कुरा गर्न सकिने अवस्थाको सिर्जना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । उनका अनुसार एनसेलको योजना, कतारको सेवाप्रदायकहरुले के भन्छन् त्यसमा निर्भर रहने छ ।

एनसेलले रोमिङ्ग शुल्कका साथै यहाँबाट बाहिर जाने कलको शुल्कपनि घटाउने जनाएको छ । यसै अनुरुप एनलेसले गत हप्ता भारतकालागि ‘ईण्डिया कलिङ्ग’ योजना ल्याएको थियो । यो योजनाअनुसार ग्राहकले कर बाहेक प्रतिमिनेट जम्मा रु १ रुपैया ९९ पैसामा भारतको कुनै पनि नम्बरमा कल गर्न सक्छन् । “विदेशबाट आउने कलमात्र होईन यहाँबाट उता रहेका आफ्ना परिवार र आफन्तहरुसँग सस्तोमा कल गर्न सक्ने वातावरण बनाउनु हाम्रो उदेश्य हो ” पर्किन्सले भने ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्