Logo
७ बैशाख २०८१, शुक्रबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचिन तेन्दुलकरले नेपाली क्रिकेटलाई राम्रो खेल्न दिए शुभकामना

Sachin-

काठमाण्डौ, न्यूज अप्रेशन । विश्व क्रिकेटका हस्ती सचिन तेन्दुलकरले नेपाली क्रिकेटलाई राम्रो खेल्न शुभकामना दिएका छन् । इङ्ल्यान्ड भ्रमणका रहेको नेपाली टोलीसँगको अकस्मातको जम्काभेटमा भारतका पूर्व ब्याट्सम्यान तेन्दुलकरबाट अमुल्य आशिष पाएको हो । टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएका तेन्दुलकर खेलकुद सामाग्री संस्था स्पार्टनका ब्रान्ड एम्बासडर हुन् ।

यसमा अनुबन्धित हुनेमा विश्व क्रिकेटरका हस्तीहरु माइकल क्लार्क, क्रिस गेयल, मिचेल जोनसन जस्ता पूर्व र वर्तमान खेलाडीहरु छन् । तेन्दुलकर यही आफ्नो ब्रान्डको प्रवद्र्धनका लागि लन्डनमा छन् । स्पार्टनको नया प्रडक्ट लन्चका क्रममा सचिन र नेपाली टोली भेट भएको हो । नेपाली क्रिकेटलाई लन्डनमा व्यवस्थापन गरिरहेका प्रमोटर प्रशान्त कुँवर र कप्तान पारस खड्काले तेन्दुलकरसँग सेन्ट पलमा भेटेका थिए ।

प्रशान्त र पारसले तेन्दुलकरलाई नेपालको जर्सी प्रदान गरेका थिए । प्रशान्त त्यही व्यक्ति हुन् जसले इङ्ल्यान्ड भ्रमणमा आउँदा विश्व क्रिकेटका हस्ती स्टिभ वाग र भारतीय अभिनेत्री प्रियङ्का चोपरालाई नेपाली क्रिकेटको जर्सी प्रदान गरेका थिए । प्रशान्त र पारसले तेन्दुलकरलाई नेपाल आउन निम्ता पनि दिएका थिए । त्यसलाई उनले सकरात्मक रुपमा लिएको प्रशान्तले जनाए । ‘सचिनजस्तो हस्तीलाई हत्तपत्त भेट्न पाइन्दैन् ।

उनीसँग हाम्रो छोटो भेट भएको थियो,’ पारसले भने, ‘हामीले तेन्दुलकरलाई नेपाली क्रिकेटको बारेमा बतायौं । उनले नेपाललाई अल द वेस्ट र राम्रो खेल्नु भने ।’ प्रशान्तका अनुसार तेन्दुलकरलाई नेपाली टोलीले एसोसिएट राष्ट्रका बारेमा आवाज उठाईदिन अनुरोध गरेका थिए । त्यसमा तेन्दुकलरले आफुले यसअघि पनि क्रिकेट विश्व व्यापी हुनु पर्ने भनेर आवाज उठाइरहेको र अझ पनि एसोसिएटको बारेमा बोलिरहने वाचा गरेका थिए भन्दै इकान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्