Logo
१३ बैशाख २०८१, बिहीबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मौखिक आश्वासनपछि मधेशी दलको पनि सर्मथन

CA

काठमाडौं, न्यूज अप्रेशन । कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदम अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेसका १८३, माओवादीका ७० र नेकपा संयुक्तका ३ सहित मधेशी मोर्चामा आवद्ध सांसदहरुले हस्ताक्षर गरेका छन । अविश्वास प्रस्तावको तयारी कांग्रेसका रमेश लेखक र माओवादीका रामनारायण बिडारीले गरेका हुन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि पनि प्रधानमन्त्रीले राजीनामा नदिएपछि भावी सत्तासाझेदार दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओली विरुद्धको अविस्वासको प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको थियो ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको मोर्चाको बैठकबाट काँग्रेस र माओवादी केन्द्रले दर्ता गरएको अविस्वासको प्रस्तावलाई समर्थन गर्दै मोर्चाले पनि हस्ताक्षर दर्ता गराएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले मोर्चाका नेताहरुलाई भेटी मौखिक प्रतिवद्धता जनाएकोले उनीहरुको समर्थन गरिएको मोर्चाका नेताहरुले दावी गरेका छन ।

सदभावना नेता मनिषकुमार सुमनका अनुसार २० जनाभन्दा अधिक संसदहरुद्वारा हस्ताक्षर बुझाईएको छ भने केही संसदहरु काठमाडौं बाहिर रहेकोले आउने वितिकै हस्ताक्षर बुझाईनेछ । बुधबारको मोर्चाको बैठकबाट सरकारमा सहभागि नहुने विषयमा पनि निष्कर्ष निकालिएको सुमनले बताए । #file Photo

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्