Logo
४ बैशाख २०८१, मंगलबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरिया र अमेरिकालाई उत्तर कोरियाको धम्की

kim-660x330

सोल । उत्तर कोरियाले ले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली राख्ने भनी गरेको घोषणाको कडा विरोध गरेको छ । उसले दुई देशको सो संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत छ भन्दै त्यस कार्यका विरुद्ध आफूले भौतिक रुपमा कारबाही गर्ने चेतावानी दिएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

सोमबार उत्तर कोरियाको सो धम्की आएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । उत्तर कोरिया आफैले भने गत शनिबार मात्र पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको थियो । उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको थियो ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले बताएअनुसार शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने खालको हो । तर यो पनि क्षेप्यास्त्र नै भएको दक्षिण कोरियाली उक्त मन्त्रालयले जानकारी दिएको छ । उत्तर कोरियाको उक्त कार्यको विश्वव्यापी रुपमा निन्दा भई नै रहेका बेला यता उत्तरले भने सोमबार बिहान यस्तो धम्की दिएको अर्को एक समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले भनेको छ– उक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने योजना तत्कालै फिर्ता नलिने हो भने हामीले यस कार्यका विरुद्धमा भौतिक कारबाही सम्म पनि गरिने छ । अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्यितगरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए ।

यी दुई देशको सो घोषणाको दुई दिनपछि उत्तर कोरियाले नै यो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले गएको शनिबार पनडुब्बी परीक्षण गरेको छ भने अर्कातर्फ उसले यस्तो प्रणालीको जडान गरिएमा सशक्त रुपमा भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नै नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने निन्दा गरेको छ ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्