Logo
१३ बैशाख २०८१, बिहीबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव भन्छन – “सरकार निर्माणमा सघाउँछौं, तर सरकारमा जादैनौं”

Upnedra_Yadav

न्यूज अप्रेशन, काठमाडौँ । आन्दोलनरत सघिय गठबन्धनका संयोजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार बनाउन आफूहरुले सघाउने बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गरी जुनै सरकार बनेपनि आफूहरुलाइ कुनै फरक नपर्ने तर त्यो सरकार मधेशी जनजातीको मागप्रति कति संवेदनशिन छ, त्यसपछि मात्र केहि धारणा सार्वजनिक गर्ने उनले बताए ।

नयाँ सरकारले गठबन्धनले उठाएका माग तथा विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्याे हेरेर मात्रै नयाँ सरकारलाई सहयोग गर्ने तथा सरकारमा सहभागी हुने विषयमा निर्णय लिन सकिने उनले बताए ।

व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन गठबन्धनको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएकाे छ। प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने लिखित सहमति भएको छ। त्यही सहमितका अाधारमा सत्ता समिकरणका विषयमा दलहरूबीच छलपफल जारी छ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्