Logo
१२ बैशाख २०८१, बुधबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार दिक्षितलाई पक्राउ गर्न उनको घरमा पुगे प्रहरी

Kanak-Mani-Dixit

न्यूज अप्रेशन, ललितपुर । बरिष्ट्र पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागको टोलीसहित ललितपुर प्रहरी उनको घरमा पुगेको छ ।

दिक्षितले विदेशका विभीन्न बैंकहरुमा गरेको शेयर लगानी, अपार्टमेन्ट खरिद तथा भारतको एक टेलिभीजनमा गरेको लगानीबारे राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

मंगलबार उनलाई पक्राउ गर्न असफल भएपछि राजस्व अनुसन्धान विभागले अविलम्ब उपस्थित हुन भन्दै कनकमणी र उनको श्रीमती शान्ता दिक्षितको नाममा बुधवार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको छ ।

मंगलबार १० बजे पाटन ढोकास्थित दिक्षितको घरमा पुग्दा उनलाई नभेटेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिए ।

यसअघि गत वैशाख १० गते साझा यातायातको अध्यक्षको हैसियतमा करोडौं भ्रष्टाचार गरेको भन्दै दिक्षीतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालतको आदेशले उनी छुटेका थिए ।

kanakmani-gorkhapatra-suchanaराजस्व अनुसन्धानले गोरखापत्रमा जारी गरेको सुचना अनुसार विदेशी विनीमय सम्वन्धी विषयको छानविन र अनुसन्धानको सिलसिलामा जानकारी लिनुपर्ने भन्दै दिक्षीतलाई गत असार १३ गते राजस्वमा हाजिर हुन विभागले पत्र काटेको थियो ।

पत्र लिएर राजस्वका कर्मचारी पुग्दा उनलाई नभेटेपछि छोरा इलम दिक्षितलाई पत्र बुझाएर फर्केको र असार २७ गतेसम्म सम्पर्कमा नआएपछि प्रहरीसहित उनको घरमा गएको विभागले जनाएको छ ।

विदेशमा करिब आधा दर्जन बैंकमा भएको लगानीबारेको अनुसन्धानका लागी एक सातामा उपस्थित नभए पत्नी शान्ता दिक्षीत समेतलाई कानुन बमोजिम कारवाही अगाडी बढाईने राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । #File Photo

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्