Logo
८ बैशाख २०८१, शनिबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूतसग डिनर बैठक र राजेन्द्र महतोलाई साक्षी राखी ७ बुँदे सहमति भएको खुलासा

brtnepal_

काठमाडौ । हिजो राती मधेसी मोर्चाका नेताहरु र नेपालकालागि भारतीय राजदुत रञ्जित रायवीच डिनरबार्ता भएको समाचार प्राप्त भएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गठन हुने नयाँ गठबन्धन र मोर्चाको सहभागिता लगायतको विषयमा छलफल भएको श्रोतले बताएको छ । उक्त डिनर बैठक भने एउटा पाचतारे होटेलमा भएको बताइएको छ । बिस्तृप्त जानकारी भने सार्वजनिक भएको छैन ।

यता, झण्डै एक वर्षदेखि आन्दोलनमा रहेको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई साक्षी राखेर नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच नयाँ गठबन्धन तयार पार्न भएको सात बुँदे सहमति भएको खुलासा भएको छ ।

बैठकमा सहभागि एक नेताका अनुसार अस्ती काग्रेस संसदीय दलको कार्यालयमा काग्रेस र माओवादीका शिर्ष नेतावीच भएको छलफलमा सहमतिको ड्राफ्ट बनाउने जिम्मेवारी काग्रेस नेता विमलेन्द्र निधी र रमेश लेखक, माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनलाई दिईएको थियो । उनीहरुले सभामुख ओनसरी घर्तिको कार्यकक्षमा बसेर ड्राफ्ट तयार पारेका थिए ।

काग्रेससँगको छलफलपछि प्रचण्ड सिधै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । त्यहाँ कुनै सहमति हुन नसकेपछि देउवालाई टेलिफोन गरेर प्रचण्ड सिधै बुढानिलकण्ठ पुगेका थिए। त्यहाँ उनीहरुवीच कार्यदलले तयार पारेको ड्राफ्टमा केही समय छलफल भएको थियो । समाचार श्रोत भन्छन–छलफलकै बीचमा सद्भावना पार्टीका अध्यक्ष महतोलाई पनि बुढा निलकण्ठ बोलाईएको थियो ।

सात बुँदे सहमतिको ड्राफ्ट राखेर महतोसँग छलफल भएको थियो । महतोको सुझावपछि उनीहरुको माग संबोधन गर्ने विषयलाई एक नम्बर बुँदामा समावेश गरिएको थियो । त्यसपछि महतोकै उपस्थितिमा दुई नेताले सात बुँदेमा हस्ताक्षर समेत गरेका थिए । सहमतिपछि महतोले ओली सरकारलाई ढालेर प्रचण्डको नेतृत्वमा सरकार निर्माणमा आफूहरुले सघाउने प्रतिबद्धता ब्यक्त गरे पनि सरकारमा सहभागि हुने नहुने भन्ने विषयमा भने मोर्चामा छलफल गरेर मात्रै आधिकारिक धारणा तय गर्ने बताएका थिए ।

महतोको सुझावमा सात बुँदे सहमतिको एक नम्बर बुँदामा ‘नेपालको संविधान जारी भएसँगै देशभित्र देखापरेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनजातिका अधिकार सम्बन्धी सवालसमेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकनलगायतका विषयमा सम्बोधन गर्न आवश्यक संसोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको बाताबरण बनाउने’ भन्ने शब्दावली राखिएको थियो, यद्यपी यसबारे सबै जानकारी प्रधानमन्त्री केपि ओलीलाई सोमवार नै थाह भयसकेको थियो ।

श्रोत भन्छन– ओलीलाई यो कुरा थाह हुन बितिकै उनले नयाँ बन्दै गरेको गठबन्धनलाई तोडन निकै प्रयास गरे तर प्रचण्डले खासै रिपोन्स गरेनन ।

मोर्चालाई आठ मन्त्रालयको पस्ताव
सोही बैठकमा मधेसी मोर्चालाई सोत सरकारमा आउँनु पर्ने प्रचण्ड र देउवाले प्रस्ताव गरेको बताइएको छ । श्रोतका अनुसार उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय दिने प्रस्ताव देउवा र प्रचण्डले संयूक्त रुपमा महतोसमक्ष गरेका थिए तर महतोले यसबारे आफूले केहि भन्न नसक्ने तर सरकार बनाउन भने सघाउने प्रतिबद्धता गरेका थिए । देउवा र प्रचण्डले संयूक्त रुपमा महतो समक्ष मन्त्रालय बराबर नै राज्य मन्त्री दिने प्रस्ताव समेत गरेको बताइएको छ । #BRTफाइल तस्विर

यस्तो छ, त्यो एक्सकलुसिभ ७ बुदे सझौता पत्र:

sarkar sahmati

sarkar sahmati

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्