Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘इन्काउन्टर’ सम्मको आदेश: देशभरका गुण्डागर्दी विरुद्ध अपरेशन

Gunda-pic

सुनसरी  ।  पूर्वको केन्द्रबिन्दुु इटहरी क्षेत्रमा पनि (गुण्डा अपरेशन) शुरु भएको छ । ‘इन्काउन्टर’ सम्मको आदेश पाएको प्रहरी अब देशभरका गुण्डागर्दी विरुद्ध अपरेशन नै चलाउने भएको हो । पूर्वको इटहरीबाट प्रहरीले थालेको गुण्डागर्दी विरुद्धको ‘स्वीप’ अपरेशनलाई सबैले स्वागत पनि गरेका छन् ।

गुण्डागर्दी विरुद्ध निकै आक्रमक बनेको प्रहरी अनि त्यसबाट भयवित बनेका गुण्डा समुह तथा नाईकेहरु काठमाडौंबाट कतिपय त पलायनै भए ।

अपराध अनुसन्धानमा अनुभवी प्रहरी अधिकृत डिएसपी ओम अधिकारीले इटहरीमा विगत दुई सातादेखि गोप्य रुपमा थालेको गुण्डा अपरेशनमा १५ जना गुण्डागर्दीमा संलग्न पक्राउ परेका छन ।

पक्राउ परेका प्राय सबै टोले गुण्डा, रातको समयमा हल्लाखल्ला गर्ने, मापसे सेवन गरेर अरुलाई दुख दिने, हप्ता असुली गर्ने र धाकधम्की दिने रहेका छन् । उनीहरुलाई इटहरी र हाँसपोसा क्षेत्रबाट पक्राउ गरिएको हो ।

समाजमा रहेर शान्ति सुरक्षामा खलल पार्ने गुण्डागर्दी विरुद्ध इटहरीमा अभियान थालेको इटहरीका डिएसपी ओम अधिकारीले बताए । ‘मिशन सेफर इटहरी’ अभियानलाई साकार रुप दिन पनि यो अभियान अझै प्रभावकारी बन्ने उनले बताए ।

जसमा डिएसपी अधिकारी नेतृत्वको टोली इटहरीका प्रत्येक टोलमा पुगेर टोल अशान्त पार्ने गुण्डाहरुको खोजीमा स्वयम आफैँ खटिने छन् ।

हामी टोल टोलका स्थानीयवासीको (फिड ब्याक) लिएर गुण्डागर्दी गर्नेहरुको पहिचान गर्छौं, त्यस पछि पक्राउ गर्छौं अधिकारीले भने । ‘गुण्डागर्दी गर्नेहरु टोलमा हैन अब प्रहरी हिरासतमा बस्ने छन’ उनले भने ।

अहिलेसम्म इटहरी ५ जनता बस्ती, बालग्राम र इटहरी २६ हाँसपोसा क्षेत्रमा गुण्डा अपरेशन सकेको बताउँदै अन्य टोलमा निरन्तर अभियान चल्ने अधिकारी बताउछँन ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्