Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी निर्णयले संविधान कार्यान्वयनमा थप जटिलता थपिएको निष्कर्ष

Satta

काठमाडौं । सत्तारुढ पार्टीले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णय घातक र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले माओवादी निर्णयले संविधान कार्यान्वयनमा थप जटिलता थपिएको निष्कर्ष निकालेको छ ।

गठबन्धन भत्काएर देशलाई अनिश्चयतर्फ धकेलेको भन्दै बैठकले निन्दा गरेको छ ।   ‘माओवादीको निर्णयले देशका लागि अहित र अनुचित छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘संविधान कार्यान्वयनमा असहजता उत्पन्न गराएको छ ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पार्टीहरुसँग छलफल नगरी समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी निर्णयबारे सत्तारुढ पार्टीले तत्कालै ‘रियाक्ट’ गर्न नहुने बताए । ‘हठात् निर्णय कुनै मानेमा सही छैन,’ उनले भने । उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले आफू अन्तिम समयसम्म ओली सरकारको पक्षमा उभिने बताए ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्