Logo
१५ चैत्र २०८०, बिहीबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा भएको बस दुर्घटनामा परी ३ नेपालीसहित ५ जनाको मृत्यु

Delhi-Bus-Accidentकाठमाण्डौ । नेपालबाट भारतको दिल्लीका लागि छुनेको यात्रुबस उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना हुँदा ३ नेपाली चालकसहित ५ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

भैरहवाको बेलहिया नाकाबाट भारततर्फ लागेको ना ४ ख ७६८७ नम्बरको बस बहराइज जिल्लामा पुगेपछि एक ट्रिपरसँग ठोक्किएको भारतिय न्यूज एजेन्सी एएनआइले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने बसका चालहरुमा पाल्पा, पिपलडाँडा १ का ओम सारु, नाम नखुलेका स्याङजातिरका लम्साल र पाल्पा अश्रेदी १ का अर्याल थरका १ चालक रहेको बस मालिक न्यौपानेले घटनास्थलबाट जानकारी दिएका छन् ।

दुर्घटनामा नेपाली चडेको बसका ३ जना चालकको मृत्यु भएको घटनास्थलमा रहेका बस धनी यामप्रसाद न्योपानेले जानकारी दिए । मृत्यु हुने अन्य दुईमा भारतीय ट्रकमा सवार रहेका छन् ।

बुटबलबाट हिजो छुटेको ना ४ ख ७६८७ नम्बरको बसमा चालकदलका ३ सहित ३९ नेपाली यात्रु सवार थिए । बसमा रोजगारीको सिलसिलामा भारत हिडेका तथा केहि नेपाली पर्यटकहरु रहेको न्यौपानेले बताए ।

बसमा सबार केहि यात्रुलाई सामान्य चोटपटक लागेको उनले बताएका छन् । गम्भीर घाइते कोहि नरहेकाले सामान्य घाइतेहरुको बहराइच जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्