Logo
१५ बैशाख २०८१, शनिबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठौँ पटक आमरण अनसनमा बसेका  डा.केसीको स्वास्थ्य बिग्रियो 

DR KC Ansan

काठमाडौँ । तीन दिनदेखि आमरण अनसनमा रहेका प्रा.डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । आठौँ पटक आमरण अनसनमा बसेका केसीको स्वास्थ्यमा अस्पताल प्रशासनले लापरबाही गर्दा समस्या देखिएको हो ।

मंगलबार नेशनल रेजिडेन्ट डाक्टर एशोसियशन र नेपाल मेडिकल इस्टुडेन्ट सोसाइटीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै केसीको स्वाथ्यप्रति संवेदनशील हुन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।

टिचिङ अस्पताल परिसरमै अनसनका लागि उचित व्यवस्थापन नहुँदा केसीको स्वस्थ्यमा समस्या आएकोप्रति रेजिडेन्ट डाक्टर र केसीका विद्यार्थीले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘हामी हजारौँ रेजिडेन्ट डाक्टर र विद्यार्थीको आवाजलाई अवमूल्यन गरियो भने हामीले बाध्य भएर कदम चाल्नु पर्ने हुनेछ र त्यस अवस्थामा अस्पताल झन् तनावग्रस्त हुन सक्ने सम्भावनाप्रति मनन गरिदिनुहुन आग्रह गर्दछौँ ।’

उनीहरुले केसीप्रति अस्पताल प्रशासनले चरम असहयोग गरेर आफूहरुलाई दुःखी बनाएको समेत बताएका छन् । ‘केसीप्रति अस्पताल प्रशासनबाट भएको चरम असहयोग र गैरजिम्मेवारीपनले हामीलाई दुःखी बनाएको छ ।

त्यसको हामी घोर निन्दा गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरको बिग्रदो स्वास्थ्यलाई समेत ध्यानमा राख्नुपर्ने भएकाले उहाँलाई उपयुक्त कोठामा सार्न र उहाँको स्वास्थ्यलाई नजिकबाट निगरानी राख्न त्यस्तै किसिमको उपकरण र जनशक्तिको खाँचो भएकाले यथाशीघ्र उपलब्ध गरिाइदिनुहन हामी जोडदार माग गर्दछौँ । #फाइल: Photo

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्